“खाली हात आउनु भन्दा आफुमा केहि सिपको विकास गरेर आउनु : अष्ट्रेलिया”

0
137

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका किशोर क्षेत्रीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर बाग्लुङ्ग हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ४ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा +२ लेभलको पढाई सकेर अष्ट्रेलिया आइ.टि पढ्न आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
आफुले पढ्न सक्यो भने उसको लागि राम्रो नै हुन्छ नत्र भए जहाँ भएपनि गाह्रो नै हुने गर्छ। आफुले पढाइले कसरी लिन्छ भन्ने कुरामा भर पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले धेरै फरक पाएको थिए। नेपालमा रहुन्जेलसम्म त्यहाँ गएर राम्रोसंग पढिन्छ भन्ने हुन्छ तर जब यहाँ आएर वास्तविक रुपमा भोगे पछि सोचेको जस्तो सजिलो नहुँदो रहेछ भन्ने थाहा भयो। यहाँ आएर पढाई र कामलाई साथसाथै लैजान धेरै गाह्रो हुने गर्दछ।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई खासै गाह्रो भएको थिएन। मैले साथी मार्फत काम पाएर किचनबाट काम सुरु गरेको हो।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाइले संघर्ष भनेको के हो र समयको महत्व कति हुन्छ भन्ने कुरा सिकायो। यहाँ सबै कुराहरु सिस्टम र नियममा हुने गर्छ, त्यसैले त्यो राम्रो लाग्छ। भने यहाँको नराम्रो मलाई कहिले कहिँ कामको कारण धेरै तनाब हुन्छ, यस्तो हुँदा साह्रै नराम्रो लाग्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मलाई राम्रै लाग्छ, समुदायसंग म खासै नजिक त छैन। केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
घरपरिवारको कहिले कहिँ धेरै मिस हुन्छ। धेरैजसो त काम पढाई गर्दा खासै याद पनि हुँदैन।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
यहाँ आउँदा मानसिक रुपमा तयार भएर आउनुहोला। यहाँ आउने भनेर त्यसै आउनु भन्दा आफुमा केहि सिपको विकास गरेर आयो भने राम्रो हुन्छ। विशेष गरि ड्राइभिङ सिकेर आयो भने यहाँ काम पाउन धेरै सजिलो हुने गर्छ। खाली हात भन्दा आफुमा केहि न केहिको सिप विकास गर्नु जरुरी हुन्छ जस्तो लाग्छ। आफ्नो छोराछोरीलाई पैसा पठाईदिए भनेर तनाब नदिनुहोला। यहाँ आएपछि झन् आफ्नो अभिभावकको खाचो परेको हुन्छ, त्यसैले हरेक अवस्थामा सहयोग र सल्लाह दिइराख्नुहोला भन्न चाहन्छु।