“अष्ट्रेलिया होस् या अन्य देश आफुलाई सुविधा हुन्छ र करियर बन्छ भने उतै बसेको राम्रो”

0
280

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भक्तपुर घर हुनुभएको अपिल थापासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो दिदीले पठाईदिनु भएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
घरपरिवार, भाइबहिनी सम्झिएर पठाउदा अवश्य खुसी लागिहाल्छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ४/५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
हाल अष्ट्रेलियाको एडिलेडमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उहाँ आफ्नो लागि जानुभएको हो अनि हामीलाई राम्रो नलाग्ने भन्ने त हुँदैन नि। आफ्नो करियरलाई अझ उज्ज्वल बनाउनको लागि जानुभएको छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो दिदीबहिनीबिना मनाएको चाडपर्व पनि के चाडपर्व हो र ! साह्रै नरमाइलो लाग्छ अनि धेरै मिस पनि हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त यहि बस्नुपर्छ जस्तो लाग्दैन, किनकी उहाँको भविष्य हो मेरो होइन। त्यसकारण मैले मुल्यांकन गर्नै मिल्दैन जस्तो लाग्छ। उहाँलाई जता बस्दा राम्रो हुन्छ, त्यतै बसेको ठिक हुन्छ र हामी पनि उहाँकै विचारमा सहमत हुन्छौं।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको हरेक कुराको विकशितपन राम्रो लाग्छ। त्यहाँ मलाई भाषा नराम्रो लाग्यो।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया पढ्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यसरी सेटल हुने नहुने भन्ने कुरा त उनीहरुको विचारमा भर पर्छ जस्तो लाग्छ मलाई। आफुलाई जहाँ सुविधा हुन्छ, जहाँ आफ्नो करियर बन्छ त्यहि बस्ने हो। नेपालको स्थिति पनि त्यस्तै छ, त्यहि भएर पनि सबै विदेश जाने र उतै सेटल हुने गर्छन्। मलाई के लाग्छ भने बाहिर देश जाँदैमा आफु परिवर्तन हुने त होइन अनि आफु त नेपाली हो नेपाली नै रहनेछ, त्यसैले आफुलाई रमाइलो लागेको ठाउँमा सेटल हुनु ठिकै लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
स्वस्थ रहनु, खुसी रहनु।