कन्डेल कल्सल्टेन्सी क्लवको एघारौं सँस्करणका उपाधि यति फुटबल क्लब

0
379

अष्ट्रेलिया । यति फुटबल क्लबको आयोजनामा भएको एघारौं कँडेल कन्सल्टेन्सी कप भव्यताका साथ सम्पन्न भएको छ। कन्डेल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा १२ मार्च र १३ मार्च गरेर दुई दिन सम्म संचालन भइ सम्पन्न भएको हो।

यस प्रतियोगितामा सहभागी हुन सिड्नी, क्यानबेरा, एडिलेड र होबार्टबाट नेपाली फुटबल टोलीहरु मेलबर्न आएका थिए । त्यस्तै प्रतियोगितामा खुल्ला उमेर समूहतर्फबाट सहभागिता २४ टिमले जनाएका थिए भने फरएभर योङ्ग समुहमा ९ टीम गरि जम्मा ३३ टीमबाट ६६० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खुल्ला उमेर समुहबाट पेनाल्टी सुटआउटमा प्रवेश गरि यति क्लब रातोले यति क्लब नीलोलाई चारका विरुद्ध पाँच गोलले पराजित गर्दै उपाधिमाथि कब्जा गर्न सफल भएको छ। विजेताले उपाधिसँगै ट्रफी र ४५ सय डलर अष्ट्रेलियन डलर हात पार्न सफल भएको थियो भने दोश्रो हुने यति क्लव निलोले ट्रफी मेडलको साथमा दुई हजार डलर प्राप्त गर्न सफल भयो।

सर्वाधिक गोलकर्ताको पुरस्कार गिरीश इभेन्ट स्पोर्टिङ क्लबका विकास गौचन, सुलभ मास्के र जगजीत श्रेष्ठ गरि यी तीन खेलाडीहरुले यस प्रतियोगितामा जित्न सफल भए । उनीहरु तीनैजनाले हाईयेष्ट स्कोरर उपाधि जितेका छन् भने बेष्ट गोलकिपरको उपाधि यति फुटबल क्लबका एलन न्यौपानेले प्राप्त गरे । यस्तै बेष्ट प्लेयर अफ टुर्नामेन्टको उपाधि यतिकै विवेकप्रताप पन्तले जितेका छन् । म्यान अफ दि फाईनल म्याचको उपाधि यतिका गोकुल छन्त्यालले जित्न सफल भएका छन्।

प्रतियोगितामा एनआरएनका अध्यक्ष नन्द गुरुङ्ग, भिक्टोरियन मल्टिचल्चरल कमिशनका पशुराम शर्मा लुइटेल, न्याभका पूर्वअध्यक्ष तारा गैरे, जोग लिम्बु, एनआरएन अष्ट्रेलिया युथ कोअर्डिनेटर बबिन मिश्र, ब्लूबेरी रियल स्टेटबाट विनित राज शर्मा, महादेब घानुक, द हिमालयन क्लबका अध्यक्ष एवम् सारथी एकाउन्टेन्स एण्ज एडभाइजरबाट केशव सापकोटा लगायत दर्जनौ क्लव र सँस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

नकआउटपछिको हरेक गोलको एक सय डलर दिने घोषणा गरेको ब्लूबेरी रियल स्टेटले ३० भन्दा बढी गोलकर्ताहरुलाई हरेक गोलको सय डलरका दरले वितरण गरेको थियो। प्रतियगिता सफलता पूर्वक सम्पन्न भएकोमा आयोजक क्लबका अध्यक्ष राज शर्माले खेलाडीहरु, कोच, रेफ्री लगाएत सम्पुर्ण स्वेमसेवक, संघसस्था, प्रायोजकहरुलाई विशेष धन्यवाद दिनु भएको थियो।