अष्ट्रेलियाको शेपार्टनमा नेपालीहरुले मनाए होली पर्व

0
443

अष्ट्रेलिया। अष्ट्रेलियाको शेपार्टनमा रङहरूको पर्व भनेर चिनिने ‘होली पर्व’ विशेष कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष पनि सधैँ झैँ मनोरन्जनात्मक कार्यक्रम गरी भब्यरुपमा सफलतापुर्बक होली बिशेष कार्यक्रम सम्पन्न भएको हो ।

ग्रेटर शेपार्टन सिटी काउन्सिल, साउथ शेपार्टन कम्युनिटी सेन्टर, नेबरहुड अर्गनाइजेसन,नेपाल एसोसिएसन अफ भिक्टोरिया,दिदीबहिनी समाज भिक्टोरिया र मोरोपना क्लबको सशक्त सहयोगमा नेपाली शेपार्टन समुदायको संयुक्त आयोजनामा होली कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित सम्पूर्ण संस्थाहरुले आ-आफ्ना व्यवसायको बारेमा छलफल तथा अन्तरक्रिया पनि गरेका थिए।

शेपार्टनमा भएको होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा रंग,संगीत र खानाको साथै नेपालीपन झल्किने नृत्यहरुको प्रस्तुती राखिएको थियो । कार्यक्रम राखेर सहभागी हुने अबसर र मनोरञ्जन प्रदान गरेकोमा नेपाल भिक्टोरिया संघका अध्यक्ष राम गुरुङलाई नेपाली शेपार्टन समुदायले विशेष धन्यवाद दिएको छ।

यस ‘होली पर्व’ विशेष कार्यक्रमको आयोजना गर्ने क्रममा नेपाली शेपार्टन समुदायले कम्तिमा पनि २०० जना सहभागी हुने अपेक्षा राखे पनि सो भन्दा धेरै सहभागी भएका थिए। कार्यक्रम मार्च १३ मा सम्पन्न भएको हो।