“विदेश आफ्नो भविष्य सोचेर जाने हो, दिर्घायु जीवनको लागि उतै सेटल हुन होइन”

0
77

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चितवन, मिलनचोक घर हुनुभएको श्याम कोइरालासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बुहारीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
हाम्रो लागि सरप्राइज थियो, त्यसैले धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएकी ३ वर्ष भईन्।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनी हाल अष्ट्रेलियाको कुइन्सल्याण्ड मा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
मेरो त छोराबुहारी नै उतै छ, राम्रो गरिरहेका छन् , त्यसकारण खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
एउटा भएको छोराबुहारी पनि बाहिर छ अनि सम्झना नआउने भन्ने त हुँदैन नि।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
यो कुरा त आफैँमा भर पर्ने कुरा हो। हामी भन्दा उनीहरु शिक्षित छन्, त्यसैले कहाँ बसेर आफ्नो भविष्य निर्माण गर्न सक्छ भन्ने कुरा सोच्न भइसकेका छन्।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
अहिलेसम्म त गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
नेपाल जस्तो होइन अष्ट्रेलिया आफैँमा विकशित देश हो, त्यसैले सबै कुरा राम्रो लाग्छ मलाई नराम्रो भन्ने केहि लाग्दैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया घुम्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई विदेश गएर सेटल हुनु धेरै नराम्रो लाग्छ। हुन त हामीले भनेर हुने त होइन, आ-आफ्नो जिन्दगी हुन्छ। जीवन उनीहरुको हो अनि भावी सन्ततीको लागि सोचेर नै बस्ने गर्छन्। मानिसको सोचाइमा भर पर्छ तर मलाई के लाग्छ भने विदेशमा दिर्घायु जीवनको लागि उतै बस्न चाहिँ हुँदैन जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
खुसी रहनु।