“विदेश आफ्नो भविष्य निर्माण गर्न जाने हो, उतै सेटल हुने तरिकाले होइन”

0
238

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, तिनकुने घर हुनुभएकी माला लुइँटेलसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बहिनीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार पाउँदा त अवश्य खुसी लागिहाल्छ नि।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएकी ३ वर्ष भईन्।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनी हाल अष्ट्रेलियाको ब्रिजवेनमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो मान्छे त्यो ठाउँमा हुँदा त गर्वको महसुस हुने गर्छ। आफु जान नसकेपनि आफ्नो कोहि त छ भन्ने हुन्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
दिदीबहिनी दाजुभाइको सम्झना चाडपर्वमा मात्रै होइन सधैँ नै आउँछ। अझै धेरै मिस त घरमा कुनै विशेष कार्यक्रमहरु हुँदा हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
सेटल हुने नहुने भन्ने कुरा त उनीहरुको इच्छामा भर पर्ने कुरा जस्तो लाग्छ। जता बस्दा आफ्नो भविष्य सुनिश्चित हुन्छ त्यतै बसेको राम्रो हुन्छ हाम्रो लागि त।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
अहिलेसम्म त गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलिया पुगेकै छैन, त्यसैले त्यहाँ को राम्रो नराम्रो कुरा केहि थाहा छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरुको यस्तो बानी चाहिँ अलि ठिक लाग्दैन। सकेसम्म त आफ्नै देशमा केहि गरेर देखाउनुपर्छ जस्तो लाग्छ। आफु जन्मेको ठाउँमा केहि नगरी अरुको देशमा गएर सेटल हुनु मुर्खता नै हो। विदेश त आफ्नो भविष्य निर्माण गर्न अनि नयाँ ठाउँमा घुम्नको लागि जाने हो उतै आफु सेटल हुने तरिकाले होइन। बाचुन्जेलसम्म आफ्नै देशमा प्रगति र उन्नति गरेको धेरै राम्रो हुन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
स्वस्थ रहनु, खुसी रहनु।