युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

0
69
कीभ, १ चैत, (रासस- एएफपी)

युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् ।

उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन। एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् । —–