
मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ७ हजार ४ सय ६० जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ११ हजार ८ सय ७२ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा थप ४ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ४० हजार ४ सय ३ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये १ सय ९७ जनाको अस्पतालमा उपचार भइरहेको छ।