“विदेशमा सिप मुलक कामहरु सिकेर, स्वदेशमै फर्केको राम्रो”

0
116

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, कमल पोखरी घर हुनुभएको निर्मला श्रेष्ठसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो?
मलाई मेरो छोराले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
राम्रो खुसी लाग्यो। हामी यही पनि गर्न सकिन्थ्यो तर उताबाट पठाएको भनेपछि छिट्टै हुने रहेछ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो?
मेरो छोरा गएको त ८/९ बर्ष भयो।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ?
आफ्नो भविष्य बनाउने सोचले अनि हामीलाई सुखी खुसी राख्ने सोचले गएका छन् राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ?
आफ्नो छोरा छोरीको याद त आइहाल्छ नि ! चाडपर्वमा मात्र नभई हरेक सानो सानो कुरामा घरमा मिठो मसिनो पाक्दा धेरै याद आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
हामीलाई त नेपालमै आएको राम्रो लाग्छ। आफ्नो बाबा आमाको काखमा आएर बसे हामी पनि खुसी नै हुन्छौं। आफ्नो भविष्य बनाएर नेपालमै केहि गर्ने सोचले फकिए हुन्थ्यो भन्ने लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ? अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? (पढ्न/ घुम्न/ काम गर्न)
म एकचोटी अष्ट्रेलिया गएर आएकी हु। अबको लागि भने अहिले सम्म जाने सोच त छैन ।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ ?
आफ्नो देश जस्तो त कहाँ हुन्छ र तर पनि सबै राम्रो छ। त्यहाँको हावा पनि सफा सुगर छ। घुम्नको लागि राम्रो राम्रो ठाउँहरु छन्। तर, हामी बुढा बुढी गएर बस्न सकिदैन। यहाँ नेपालमा जस्तो जतासुकै हिड्ने गरेको बानी अष्ट्रेलियामा चिनेको कोहि हुँदैन अनि एक्लै कतै जाने सम्भव पनि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
त्यो भनेको आ-आफ्नो सोच हो। नेपालमा पनि विदेशमा जस्तै सबै राम्रो हुन्थ्यो भने किन जान्थे होला र विदेश। आफ्नो नेपाली सस्कृति भुल्नु भएन जहाँ गएपनि बसे पनि भन्ने लाग्छ। विदेशमा राम्रो सिप मुलक कामहरु सिकेर नेपालमै फर्केको राम्रो हो हुन त।

अष्ट्रेलिया रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
राम्रो संग बस्नु धेरै सम्झना छ भन्न चाहन्छु।