“विदेशमा गर्ने दुख स्वदेशमै गर्छु भन्ने सोचले फर्किएको राम्रो”

0
166

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले पोखरा घर हुनुभएको भिमराज ओलीसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो?
मलाई मेरो भाईले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
सरप्रइज थियो मेरो लागि त्यसैले अचानक उपहार देख्दा मेरो भाइ नै आएको जस्तो लागिरहेको थियो। खुसीको त सिमानै छैन।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
भाइ अष्ट्रेलिया गएको ४ बर्ष भयो।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
मेरो भाइ बुहारी नै अष्ट्रेलियामा छन्। आफ्नो करियरको लागि सोचेर गएका छन् उनीहरुलाई पनि सधैँ राम्रो भएको सुन्न पाएका छौं। खुसीको कुरा पनि हो यो तर साथमा भएको जस्तो नहुने रहेछ त्यसैले दुख पनि लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो घरको सदस्य सात समुन्द्र परि छन् उनीहरुको याद आउँछ नै। हाम्रो घरमा पुजा आजा हुँदा पनि आउने पाहुनाले पनि सोध्नु हुन्छ झन् नराम्रो लाग्छ। हामी जे जस्तो भएपनि नेपालमै संगै भएको भए परिवार सबै कति खुसी भएर बसिन्थ्यो होला भन्ने लाग्छ र धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
हामीलाई त उनीहरुको अभाव सधैँ भर छ त्यसैले पनि नेपाल आएकै राम्रो लाग्छ। आफ्नो भविष्य बनाएर केहि सिप सिकेर आएर बरु नेपालमै केहि इलम गरेर बसेको राम्रो लाग्छ। ‘अरुको देशमा गरेको माया र आफ्नो देशमा गरेको गाली’ अरुको देशमा औले गरेको मायामा स्वार्थ लुकेको हुन्छ भने आफ्नो देशमा गरेको गाली भित्र माया लुकेको हुन्छ, त्यसैले पनि नेपालमै फर्किनु भन्छु म त।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ? अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? (पढ्न/ घुम्न/ काम गर्न)
म अष्ट्रेलिया गएको त छैन। त्यस्तो कुनै अवसर आयो भने घुम्न हेर्न नयाँ कुरा सिक्न जान्छु।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ ?
म आफु गएको त छैन। तर, भाइ बुहारीले भने अनुसार यहाँको पढाई, खानपिन, संघर्ष गर्नपर्ने जीवन धेरै राम्रो लाग्यो। नराम्रो त अब अष्ट्रेलिया गएका धेरै जस्तो मान्छे उतैको सस्कृतिमा रमाउने अनि नेपाली पन बिर्सिने गर्छन्।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
मलाई ठिक लाग्दैन, किनभने विदेशमा जान गरिने खर्च नेपालमै कुनै व्यवसायमा लगानी गरियो भने यही धेरै पैसा कमाएर घुम्न जान सकिन्छ ठुला ठुला देशमा। अवसर छैन भन्नु हुन्छ कतिले ‘गर्ने र जोस जागर हुनेहरुको लागि जुनसुकै ठाउँमा गए पनि अवसर छ तर नगर्नेहरुको लागि भने जहाँ गए पनि केहि छैन। विदेशमा गर्ने दुख नेपालमा गर्न सिकिन्छ भन्ने सोच राखेर नेपाली जति स्वदेश फर्किए हुन्थ्यो भन्ने लाग्छ।

अष्ट्रेलिया रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
आफ्नो ख्याल राख्नु र छिट्टै हामीलाई भेट्न आउ भन्न चाहन्छु।