“विदेशमा सधैँ अरुको गुलामी गर्न भन्दा, स्वदेशमै आएर सानो तिनो व्यवसाय गरेको राम्रो”

0
293

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चबेहिल घर हुनुभएको बिमला आचार्यसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो?
मेरो एउटा दिदी हुनुहुन्छ अष्ट्रेलियामा, उहाँले नै पठाइदिनु भएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मेरो दिदीले मलाई माया गरेर पठाई दिनु भएको रहेछ,धेरै नै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो?
दिदी अष्ट्रेलिया जानु भएको १४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ?
अष्ट्रेलियाको मेलबर्नमा बस्नु हुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ?
आफ्नो करियर बनाउनको लागि जानु भएको हो। दिन दिनै सामाजिक सञ्जालको माध्यमबाट कुरा पनि भईरहन्छ राम्रो छ भनि राख्नु हुन्छ यस्तो सुन्न पाउदा खुसी नै लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ?
सम्झना त चाडपर्वमा मात्रै नभएर अरु बेला पनि आउँछ तर अझ बढी चाडपर्वको समय आउने बेला चाहिँ धेरै नै याद आउने रहेछ। जे जस्तो भएपनि दिदी हो,सानै देखि सँगै घुमाउन लैजानु हुन्थ्यो त्यसैले मलाई साथी जस्तै लाग्थ्यो,अहिले दिदी नजिक नभएको भएर होला पहिलासँगै चाडपर्व मनाएको जस्तो कुराहरु धेरै नै याद आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
हाम्रो लागि त नेपाल फर्किएको राम्रो हो,नेपाल फर्किनी कि उतै सेटल हुने भन्ने त दिदीको सोचाई हो। उसलाई कहाँ बस्दा राम्रो सुविधा पाएको जस्तो लाग्छ,उतै सेटल भए पनि राम्रो नेपाल फर्किए पनि धेरै नै राम्रो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ? अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? (पढ्न/ घुम्न/ काम गर्न)
१ वर्ष अगाडी पढ्नको लागि जाने सोच थियो तर लकडाउनले गर्दा जान पाइएन। खुलेको छ अब जान्छु।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ ?
अष्ट्रेलियामा धेरै कुराको सुविधा छ। त्यहाँको हस्पिटल र खानाहरु एकदमै ठिक लाग्छ अनि घुम्नको लागि पर्यटन क्षेत्र र दृश्य धेरै नै राम्रो छ। त्यहाँ घुलमिल हुन पर्छ त्यहाँको संस्कृति पनि धेरै राम्रो छ र बाहिरी जीवनशैली कस्तो हुने रहेछ भन्ने कुरा बुझिन्छ। नराम्रो भन्न चाहिँ पैसाको लागि त्यहाँको मान्छेले जस्तो काम पनि गर्नपर्ने हुन्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
विदेश गएर सेटल हुनु उचित होइन किनकि आफ्नो जन्मभुमि छोडेर अरुको देश बस्नु राम्रो होइन नि। त्यहाँको केहि कुरा सिकेर विदेशमा कमाएको पैसाले नेपालमा आएर केहि गर्ने प्रयास गर्नुपर्छ। सधैं भरि अरुको गुलामी गर्न भन्दा नेपालमै आएर आफ्नो परिवारसंग बसेर सानो तिनो व्यवसाय गरेको धेरै राम्रो लाग्छ मलाई।

अष्ट्रेलिया रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
धन्यवाद ! गिफ्ट पठाई दिएकोमा र धेरै सम्झना छ।