“अष्ट्रेलिया आफ्नो पढाईको क्षमताले आउनु”

0
179

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको आर्मीडेलमा बसोवास गरिरहनुभएका ओमराज ओलीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर नेपालगन्ज हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ४ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालबाट मास्टर लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
पढाई पनि हेरी हेरी हुन्छ। आफुले कुन विषय पढ्ने भन्ने कुरामा पनि भर पर्छ। अष्ट्रेलियामा नर्सिङ्ग पढ्न धेरै राम्रो छ, नर्सिङ्गको पढाईले यहाँ भिसा देखि लिएर काम सम्म धेरै सहज हुन्छ। अष्ट्रेलियामा अरु विषयमा भन्दा नर्सिङ्गमा पढाईबाट धेरै कुराको अवसर छ र आफ्नो करियर पनि सहजै बनाउछ सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
हामीले नेपालमा हुँदा दुख गर्न पर्छ भन्ने सोचेर आएका हुँदैनौं। अरुले सामाजिक सञ्जालमा राखेको फोटो देखेर म पनि जान्छु घुम्छु रमाउछु भन्ने हुन्छ। तर, वास्तविक त्यस्तो नहुने रहेछ। यहाँ आएपछि थाहा भयो आफ्नो भविष्यको लागि अष्ट्रेलियमा धेरै संघर्ष गर्नपर्छ । नेपालको परिवेशमा हेर्ने हो भन्ने धेरै फरक छ अष्ट्रेलिया।

काम पाउन कत्तिको गाह्रो भयो ?
मलाई काम पाउन गाह्रो नै भएको थियो। मैले अष्ट्रेलिया आएको दुई महिना पछि काम पाएर गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अहिले सम्मको अष्ट्रेलियाको बसाईले समयको महत्त्व सिकायो। अष्ट्रेलिया सबै कुरामा एकदम अगाडी र राम्रो छ। यहाँको सरकारले यहाँ अवस्थित जनतालाई आफ्नो छोरा छोरी भन्दा बढी गरिरहेको हुन्छ। हामी स्वास्थ्य सम्बन्धि पढ्ने विद्यार्थीहरुले यहाँ बसोबास गर्ने अपाङ्गहरुलाई हेरविचार गर्नु पर्छ अर्थात् काम नै सरकारले त्यही दिएको हुन्छ। अष्ट्रेलियामा जस्तो सुकै कामको पनि सम्मान हुन्छ, अनि पढाई अनुसारको काम पनि पाइन्छ। नराम्रो भन्नलाई खासै केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियाको नेपाली समुदायका मान्छेहरु कोहि एकदम सहि छन् भने कोहि आफ्नो स्वार्थको लागि मात्र काम गरेका छन्। नयाँ आएका विद्यार्थीहरुलाई अष्ट्रेलियाको बारेमा केहि थाहा हुँदैन उनीहरुलाई आफ्नो फाइदाको लागि नहेरीकन सहयोग गरिदिनु भन्ने सुझाव दिन चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
मलाई मेरो परिवारको सम्झना धेरै आउँछ। नेपालमा रहनु हुने मेरा आदरणीय माता पिता र साथीभाईसबैको याद आउँछ। आमाले बनाएको खाना र साथीभाई संग गरेको रमाइलो सबै धेरै याद आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
नेपालबाट धेरै राम्रो नम्बर ल्याएर मात्र अष्ट्रेलिया आउनु। अष्ट्रेलिया पैसाको भन्दा आफ्नो क्षमता अनुसार पढाईको बलले आउनुहोला। अष्ट्रेलियामा समय कसैसंग हुँदैन त्यसैले कोहि ठुलो भएर बोल्दैनन् भन्ने नसोच्नु। आफ्नो मान्छे कोहि हुनुहुन्छ भने उहाँहरुसंग झुकेर अष्ट्रेलियाको नियम पढाई बारे राम्रो संग बुझेर आउनुहोला। अभिभावकहरुले पनि आफ्नो छोरा छोरीहरुलाई पूर्ण रुपमा विश्वास गरेर नपठाउनु किनकि अष्ट्रेलियामा अल्लि बढी स्वतान्रता छ। ८० प्रतिशत मान्छेहरु गलत बाटोतिर हिडेका छन्। पैसा सबैचिज होइन भन्ने बुझ्नु र यहाँको राम्रो कुराहरु सिक्ने प्रेरणा दिनु भन्न चाहन्छु।