मेलवर्नमा गएराति तीन घटना, दुईजनाको मृत्यु

0
349

अष्ट्रेलिया । मेलवर्नमा गएराति तीन छुट्टाछुट्टै घटना भएको छ। जसमा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर अवस्थामा छन्। नेपालीहरु बसोबास गर्दै आएको क्षेत्र कोबर्गको एलिजावेथ स्ट्रीटमा गएराति घटना भएको हो।

हिजोराति साढेदुई बजे एक किशोरलाई अन्य व्यक्तिहरुले धारिलो हतियार प्रयोग गरि आक्रमण गर्दा निजको घटनास्थलमै ज्यान गएको छ । ईमर्जेन्सी सेवाका सदस्यहरुले निजलाई घाइते अवस्थामा घटनास्थलमै उपचार गरिरहेका थिए भने यसै उपचारको क्रममा निजको निधन भएको हो । यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। यस्तै अर्को घटनामा राति करिब सवा तीन बजे डकल्याण्डस्थित बर्कस्ट्रिटमा भएको दुई समूहबीचको झडपमा चक्कु प्रहारबाट दुईजना घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि अस्पताल लगेपछि ति मध्य एकको ज्यान गएको हो। भने अर्को व्यक्तिको अवस्था गम्भीर भएका कारण उपचार जारी रहेको भिक्टोरिया प्रहरीले जनाएको छ। यस्तै हिजो नै करिब सवा एक बजे फ्लीन्डर्स स्ट्रीट स्टेशनमा भएको झडपमा एकजना घाइते भएका छन् । यो घटनामा वैरवीका तीनजना किशोरहरुलाई पक्राउ गरिएको छ।

यस घटनाका विषयमा कुनै जानकारी प्राप्त भएमा प्रहरीको क्राईम स्टपर्सलाई १८०० ३३३ ००० मा फोन गरी सूचित गर्न पनि प्रहरीले आग्रह गरेको छ।