“आफ्नो देशको स्थिति अव्यवस्थित र अन्योल भएरै जानु परेको हो : विदेश”

0
355

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले म्याग्दी घर हुनुभएको मेक बहादुर पुनसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो सालीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
हामी देखि टाढा रहेर पनि सम्झेर पठाइदिएकोमा मलाई एकदमै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको १०/१२ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा भएको बेथिति र कुव्यवस्थाको कारण नेपालीहरु विदेश जान बाध्य छन्, त्यसैले यस्तो हुँदा हुँदै पनि उनी त्यो स्थानमा पुग्दा धेरै खुसी छु।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
धेरै आउँछ। घरपरिवार सबै संगै भएर मनाउदाको खुसी नै छुट्टै हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपालको हालको अवस्थाले कुनै पनि नेपालीहरु सन्तुष्टि छैनन्। विदेशमा गएपछि आफ्नो भविष्य त सुनिश्चित हुन्छ र घरपरिवार चलाउन पनि सहजै हुने गर्छ, त्यसकारण उतै नै बसेको राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई त्यहाँको सिस्टम र नीतिनियम राम्रो लाग्छ र त्यहाँको नराम्रो भन्ने केहि लाग्दैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
त्यो एउटा बाध्यात्मक परिस्थिति हो। नेपालीहरुलाई केहि उद्योगधन्दा खोलेर त्यसमा रोजगारी दिने र कलकारखाना खोल्ने वातावरण सहज बनाइदिएको भए सायद कोहि जाने थिएनन्। आफ्नो देशको माया हुँदा हुँदै विरक्त भएर विदेश जाने मन त कसैलाई पनि हुँदैन। यहाँको व्यवस्थित नै अन्योलमा छ अनि जानै पर्ने हुन्छ। आफ्नै देशमा रोजगारी खान र आफ्नो परिवारसंग बसेर रमाउने मन सबैलाई हुन्छ तर कुनै पनि कुराको कुव्यवस्थाले गर्दा जाने हो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
अष्ट्रेलियामा रहनुहुने सबैलाई उत्तरउत्तर प्रगति र सुखद भविष्यको कामना गर्दछु।