दिदिबहिनि समाज भिक्टोरियाको महिला सशक्तिकरण बिशेष कार्यक्रम सम्पन्न

0
432

अष्ट्रेलिया। दिदीबहिनी समाज भिक्टोरियाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला विशेष कार्यक्रम सम्पन्न गरेको छ। अष्ट्रेलियामा मात्र नभई नेपालमा बसोबास गरिरहेका महिलाहरुको सशक्तिकरणलाई अझ बलियो बनाउने उद्देश्यले हिजो ‘शुक्रबार’ मात्र ग्लेनरोय युनाईटिङ्ग चर्चमा कार्यक्रम सम्पन्न गरेको हो ।

दिदीबहिनी समाज भिक्टोरियाले यो वर्ष मात्रै होइन अघिल्ला वर्षहरुमा पनि महिला उत्थान लगायतका कार्यक्रमहरु संचालन गर्दै आएकाे थियो । यस वर्ष अलिक भिन्न गर्ने किसिमले ‘ब्रेक द बायस’ अर्थात् ‘पूर्वाग्रह विभेदलाई तोडौं’ भन्ने मूल नाराका साथ कार्यकम संचालन गरेको संस्थाकी अध्यक्ष डा.जमुना पराजुलीले बताउनु भयो। उहाँले भन्नु भयो ‘ नेपालबाट अष्ट्रेलिया आएका नेपालीहरुको संघर्ष र सफलतालाई हामीले यस कार्यक्रमबाट बाहिर निकाल्ने प्रयास गरेका छौं।’ कार्यक्रमको पहिलो चरणमा ति महिलाहरु भित्र लुकेको कथा समेटिएको बुकको कभर प्रकाशन र दोस्रो चरणमा महिला उद्दमी दिदीबहिनीहरुलाई सम्मान सेसन सञ्चालन गरेको जानकारी दिनुभयो। साथै कार्यक्रमको शोभा बढाउनको लागि विभिन्न किसिमको संस्कृतिक नृत्यहरु र अथितिहरुलाई छोटो समयमा आफ्नो मन्तब्य राख्ने जस्ता कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। यस संस्थाले पछिल्लो वर्ष कोभिडको समयमा पनि नेपालको मध्यपश्चिमी क्षेत्रको कर्णाली प्रदेशका पारिवारिक हिंसामा परेका दिदीबहिनीहरुलाई तिजको कार्यक्रमबाट आएको रकम खानाको लागि पनि सहयोग गरेको थियो।

यस कार्यक्रममा ग्लोबल अभियानबाट राम कुमार श्रेष्ठ,भी.एम.सी. बाट चीयर पर्सन, नेपालबाट चन्द्र गिरि, एन.आर.एन.ए. बाट हरि खड्का, ए.एन.पी.एल.बाट निराजन गौली र ए.एन.एम.सी. बाट भाइस प्रेसिडेन्ट निरु त्रिपाठी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो। यसै कार्यक्रममार्फत उद्दमी दिदीबहिनीहरुबाट एउटा कम्युनिटी पनि चुनिएको छ । यो कम्युनिटीलाई विकास गर्न कस्ता कदमहरु चाल्ने भन्ने विषयमा छिट्टै अर्को कार्यक्रम गर्ने छलफल गरिएको छ ।

त्यसैगरी यस संस्थाका अध्यक्ष डा. पराजुलीका अनुसार कार्यक्रम आफुहरुले सोचेको भन्दा धेरै राम्रो भएको र यसरी सफल रुपमा सम्पन्न गर्न सबै सहयोगी हातहरुको साथ रहेको पनि बताउदै धन्यबाद समेत ज्ञापन गर्नुभएको छ ।