“आमाबाबुको चाहना : अष्ट्रेलिया भएको एउटा छोरा, नेपाल नै फर्किएको राम्रो”

0
145

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले बुटवल घर हुनुभएको रमेश ज्ञवालीसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोराले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मेरो लागि यो उपहार सरप्राइज नै थियो त्यसैले धेरै रमाइलो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको डार्विनमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
हामीले त एउटा छोरा भएको हुँदा जान दिएको थिएनौं तर उसले जिद्दी गरेर गएको हो। यसरी गएपनि उसले राम्रो गरिरहेको छ, त्यसैले हामी पनि धेरै खुसी छौं।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो एउटा भएको सन्तान पनि बाहिर हुँदा कसलाई पो याद आउदैन होला र ! हरेक चाडपर्वमा उसैलाई नै सम्झेर रुने गर्छु।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
हामीलाई पाल्ने त्यहि एउटा छोरा हो, त्यसकारण बुढेसकालमा भएपनि आफ्नै देशमा फर्किएको राम्रो हुन्थ्यो तर हामीले भनेको जस्तो हुँदैन। हाम्रो पनि हेरचाह गर्न पर्यो अनि आफ्नो भविष्य हो जता बस्दा राम्रो हुन्छ, त्यतै बसे हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अहिलेसम्म अष्ट्रेलिया नै टेकेको छैन, त्यसैले त्यहाँको राम्रो नराम्रो के छ भन्ने नै थाहा छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
पछि छोराले लग्यो भने अवश्य घुम्नको लागि भएपनि जान्छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
हाम्रो लागि र देशको लागि पनि उता गएर सेटल हुनु त नराम्रो हो तर सबै नेपालीहरु बाध्यता भएर सेटल हुनु पर्ने हुन्छ। आफ्नो देशमा पनि प्रगति भएको भए हामीले विदेशमा गएर सेटल हुनुहुदैन भन्न मिल्छ र ! देशको हालत हेर्दा बिहान र बेलुका काम गरि खान पनि धौ हुने अवस्था छ। त्यसैले मलाई यो सेटल हुने नहुने कुरा भन्दा पनि आफुलाई र आफ्नो परिवारलाई राम्रो हुनु पर्यो बाकी जिन्दगी त जहाँ बसेर बिताएपनि हुन्छ जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
जहाँ रहेपनि आफ्नो देशलाई सम्झिनुहोला।