“आफ्नो जीवन कसरि अगाडी बढाउने भन्ने योजना गराएर आउनु:अष्ट्रेलिया”

0
104

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका सुशान्त अधिकारीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
नेपालमा मेरो घर गोर्खा हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ३ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले मेलवर्न पोलिटेक्निक युनिभर्सिटीमा पढ्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले +२ लेभलको पढाई सकेर कृषि पढ्न अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियामा आफ्नो करियरको लागि नै पढ्न आउने हो। यहाँ आएर पढाई अनुसारको काम हुन्छ। राम्रो पढ्न सके आफ्नो भविष्य पनि सहजै बनाउन सकिन्छ। नेपालमै फर्किएर आफ्नो परिवारको साथमा केहि गर्छु भन्नु हुनेको लागि पनि धेरै राम्रो छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
अष्ट्रेलियामा सबै कुरा नयाँ छ। नेपालबाट सोचेको र यहाँ आएर देखेकोमा धेरै फरक छ।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन धेरै गाह्रो भएको थियो। मैले किचनबाट काम सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अहिले सम्मको अष्ट्रेलियाको बसाईले आत्मनिभर हुन सिकायो। यहाँ धेरै संघर्ष गर्न पर्छ त्यसैले जसले हार नमानी दुख गर्न सक्छ उसको लागि धेरै राम्रो छ। जसले रमाइलो मात्र खोज्छ दुख गर्न खोज्दैन उनीहरुको लागि अष्ट्रेलिया कठिन छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
ठिकै लाग्छ सहयोगी हुनुहुन्छ। म आफुलाई त परेको छैन तर मैले सहयोग गरेको देखेको भने छु। राम्रो गरिराख्नु भएको छ अझै राम्रो गर्दै जानु भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
धेरै आउँछ, मलाई काममा जादा र एक्लै बस्दा अनि खाना बनाएर खादा धेरै सम्झना आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
राम्रोसंग बुझेर आउनु। नेपालबाट धेरै आस राखेर नआउनु निरास पन आफ्नो जिबनमा आउन दिन्न भन्ने सोचले आउनुहोला। आफ्नो जीवन कसरि अगाडी बढाउने भन्ने बारेमा योजना गराएर आउनुहोला। अष्ट्रेलियामा पढाई मुख्य हुन्छ पढाई नभए केहि गर्न सकिदैन त्यसैले पढाईलाई केहि कुरासंग पनि सम्झौता नगर्नुहोला। आफ्नो छोरा छोरी पठाउँदा राम्रो संग बुझेर पठाउनुहोला कुनै पनि कुराको निष्कर्ष गर्नु अघि राम्रो संग सोच विचार गर्नुहोला। उनीहरुको भविष्यको कुरा हो हजुरको एउटा राम्रो पोइन्टले धेरै सहज हुन सक्छ।