“आफ्नो परिस्थिति अनुसार करियर निर्माणको लागि जता सेटल भएपनि राम्रो”

0
189

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले झापा, बिर्तामोड घर हुनुभएको लोकनाथ सिटौलासंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बुहारीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यस्तो उपहार पाउँदा मलाई एकदमै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको ५/६ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनी अष्ट्रेलियाको मेलवर्नमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनी धेरै मेहनतले त्यो ठाउँमा छिन् अनि हामीलाई खुसी नलाग्ने भन्ने त हुँदै हुँदैन नि।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्व आफ्ना छोराबुहारी, छोरी सबै संगै भएर मनाउन नपाउँदा चाड नै खल्लो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उनीहरुको भविष्य हो, हामीले केहि भन्नै मिल्दैन। आफ्नो परिस्थिति अनुसार जता पनि सेटल हुनुपर्छ, यस्तो कुराहरु त आफैँमा भर पर्ने कुरा हो जस्तो लाग्छ। करियर निर्माणको लागि आफुलाई जता पनि सेटल बनाउनु पर्ने बाध्यता हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
अष्ट्रेलिया म गएर आइसकेको हो।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको मलाई वातावरण सरसफाई, सरकारको नीतिनियमहरु राम्रो लाग्यो। मलाई त्यहाँको नराम्रो भन्ने खासै केहि लागेन्।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म फेरी पनि समय मिल्यो भने अष्ट्रेलिया घुम्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई के लाग्छ भने विदेश कमाउन जाने हो अनि पछि आफ्नै देशमा फर्किनुपर्छ जस्तो लाग्छ। कोहि रहरले विदेशिनु परेको छ भने कोहि बाध्यताले। यसरी आ-आफ्ना उद्देश्यले गएपछि त्यो पुरा गर्ने हो उतै आफैँलाई सेटल गराएर बस्न चाहिँ हुँदैन जस्तो लाग्छ। विदेशमा पढाईको साथसाथै कमाइ गरेर स्वदेश फर्कियो भने परिवारको साथमा बस्न पाइन्छ र दु:खसुख परेको खण्डमा पनि सहज हुने गर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सम्पूर्ण नेपालीहरु आफ्नो कार्यले जहाँ जान परेपनि जन्मभूमिलाई नबिर्सनुहोला।