“अष्ट्रेलियामा पढाई राम्रो भए, अन्य देशमा गएर पनि आफ्नो करियर बनाउन सकिने”

0
82

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहनुभएका गौरभ श्रेष्ठसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर धरान हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ७ बर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले नेपालमा +२ लेभलको पढाई सकेर आइ टि पढ्नको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाई अरु देशमा भन्दा त धेरै राम्रो छ करियर बनाउनको लागि। यहाँ धेरै जसो मान्छे आफ्नो पढाईलाई नै गन्तव्य बनाएर आएका हुन्छन्। अष्ट्रेलियाको पढाईले अष्ट्रेलियामा मात्र नभई अन्य देशमा गएर पनि आफ्नो करियर बनाउन सकिन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले नेपालमा हुँदा त्यस्तो धेरै आस राखेर आएको थिइन किनकि मलाई मेरो साथीहरुले पहिल्यै भनेका पनि थिए। उनीहरुको सहयोगले गर्दा पनि धेरै फरक पाइन।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउन धेरै गाह्रो भएन किनकी साथीहरु यहाँ भएको भएर पनि उनीहरुले सहयोग गरेका थिए। आएको केहि दिनमै मैले होटेलमा काम पाएको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई यहाँको अहिले सम्मको बसाईले आत्मनिर्भर हुन र समयको महत्त्व सिकायो। अष्ट्रेलियाको पढाई धेरै राम्रो छ यहाँ आफ्नो लेभल शुन्यबाट माथि उठाउदै जान सक्छन्। आफुले चाहेको गर्न सकिन्छ कसिको रोक टोक हुँदैन। यसैलाई फेरी कतिले नराम्रो सोचले पनि हेर्ने गर्छन्।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
मलाई ठिकै लाग्छ। आफु समावेश नभएको भएर पनि खासै केहि थाहा छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आउँछ आफ्नो परिवारको सम्झना त धेरै नै। विशेष गरि चाडपर्वमा धेरै याद आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
राम्रो संग बुझेर अनि पढाईको शिलशिलामा आउनुहुन्छ भने धेरै राम्रो छ। आफ्नो मान्छे कोहि हुनुहुन्छ भने उहाँहरुसंग बुझेर आउनु। तर, उहाँहरुको आस भने गरेर नआउनुहोला। किनकी यहाँ कसैले सहयोग गरेनन् भन्ने हुँदैन, सहयोग गर्न कसैको समय पनि हुँदैन। जे पर्छ आफैँ गर्नु। आफ्नो छोरा छोरी पठाउदा राम्रो संग बुझेर पठाउनु अनि उनीहरुको सम्पर्कमा रहनु होला। सहि गलत बेला बेलामा फोन गरेर सम्झाउदै गर्नु साथ र हौसला दिईराख्नुहोला।