“विदेशमा सेटल हुनु भन्दा आफुलाई सक्षम बनाएर नेपाल नै फर्किएको राम्रो”

0
216

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चितवन, सारदानगर घर हुनुभएको कृष्ण पौडेलसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बहिनीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार पाउँदा त मलाई एकदमै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएकी ३/४ वर्ष भईन्।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
हाल उनी अष्ट्रेलियाको पर्थमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो दिदीबहिनी अष्ट्रेलिया जस्तो देशमा हुँदा कसलाई पो राम्रो लाग्दैन होला र ! उनी त्यो ठाउँमा हनु नै हाम्रो सबैभन्दा खुसी हो।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो बहिनीको सम्झना नआए कसको आउने होर ! सधैँ आउँछ आफ्नाहरुको याद त चाहे चाडपर्व होस् या नहोस्।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
विदेशमा गएर सेटल हुनु भन्दा केहि नयाँ ज्ञान सिकेर आफ्नै देशमा फर्केको राम्रो हुन्छ जस्तो मलाई लाग्छ। विदेशमा सेटल हुने काम हामी सम्पूर्ण नेपालीहरुको लागि नराम्रो हो। अलिक कमाउन सक्ने र शिक्षित व्यक्तिहरु प्रदेशमा सेटल हुन थालेपछि आफ्नो देशको विकास कसले गर्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
अहिले सम्म म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियामा काम गर्न पाउने अवसरहरु पाइने हुँदा त्यहाँको सिस्टम र पढाई मन पर्छ। नराम्रो भन्ने खासै केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यसरी विदेश गएर सेटल नभइदिए राम्रो लागि राम्रो हुन्थ्यो। विदेश जाने भनेको सेटल हुन होइन ताकी नयाँ कुराहरु सिक्न, आफुलाई केहि हदसम्म सक्षम बनाउन र आफ्नो करियर निर्माणको लागि पैसा र पढाई पुरा गर्ने जाने हो। सबै कुरामा आफु सक्षम भइसकेपछि त अरुको देशमा किन बस्ने, आफ्नै देशमा आएर आफु नेपाली हुनुको दायित्व पुरा गर्ने गर्नुपर्छ। यसो गर्दा आफ्नो परिवारदेखि पनि टाढा जानु पर्दैन साथै आफ्नो करियर पनि सेट हुने गर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रोसंग बस्नु, काम गर्नु र आफुलाई केहि बनाएर नेपाल फर्किनु।