“अष्ट्रेलिया होस् या अन्य देश पढाईको साथै काम पुरा गरेपछि आफ्नै देशमा फर्किनु”

0
179

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले बुटवल घर हुनुभएको रेवती शर्मासंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो साथीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई त यसरी उपहार आको धेरै चोटी भइसकेको छ, त्यसैले धेरै राम्रो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ जानुभएको ४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
हाल उहाँ अष्ट्रेलियाको सिड्नीमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
पढाईलाई पुरा गर्दै केहि गर्छु भन्ने हिसाबले जानुभएको छ, त्यसकारण धेरै राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा मत्रै हरेक दिन उहाँलाई धेरै मिस गरेको हुन्छु।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो उमेर रहुन्जेलसम्म बाहिरी देशमा कमाउने र रमाउने अनि एउटा निश्चित समय आएपछि नेपाल नै फर्किएको राम्रो हुन्छ, जस्तो मलाई लाग्छ। यसरी फर्कियो भने आफ्नो परिवारको लागि पनि राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
अहिले सम्म त गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको मलाई पढाई, नीतिनियम र त्यहाँको सिस्टम मन पर्छ। मलाई त्यहाँको नराम्रो भन्ने केहि लाग्दैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया पढ्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
विदेश गएर आफु सेटल हुने नहुने भन्ने कुरा त आ-आफ्नो विचार हो। तर मलाई चाहिँ के लाग्छ भने आफुले गर्नु पर्ने कामहरु गर्ने र पढाईलाई पनि पुरा गर्ने अनि आफ्नै देशमा फर्किदा धेरै राम्रो हुन्छ जस्तो लाग्छ। आफुले केहि कुरा पाउन अथवा केहि कुरा सिक्न जाने हो बाकी जिन्दगी त आफ्नै जन्मथलोमा बिताउनु पर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो स्वास्थ्यको ख्याल राख्नु।