“अष्ट्रेलियामा निम्न आर्थिक अवस्था भएकाहरुलाई पढाई मात्र अगाडी लैजान सम्भव हुँदैन”

0
126

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका रज्जु ब्यन्जंकरसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर काठमाडौँ, कुपन्डोल हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ८ बर्ष भयो।

तपाईलाई PR apply गर्न कत्तिको सहज भएको थियो ?
मलाई त्यति बेला खासै गाह्रो भएन। यहाँ पोइन्ट अनुसार हुन्छ भिसाको लागि अनि सबैमा राम्रो नम्बर आएको पनि थियो। नर्सिङ्ग लाइन तिर अरुमा भन्दा सहज पनि हुन्छ।

अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले आफ्नो पढाई सिध्याएर काम गर्दै छु।

नेपालबाट कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
म नेपालबाट +२ लेभलको पढाई सकेर नर्सिङ्गको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियामा पढ्नै पर्छ आफ्नो करियरको लागि पनि। यहाँ पढेपछि कहिँ गएर केहि गर्छु भन्नु हुनेहरुको लागि पनि राम्रो छ अनि यतै सेटल हुनु हुनेको लागि पनि राम्रो छ। यहाँ पढाई अनुसारको काम पाइन्छ अनि तलब पनि सोहि अनुसारको हुन्छ त्यसैले पनि अष्ट्रेलियाको पढाइले करियर निर्माणमा सहज छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा हुँदा हामीले सोचेको जस्तो त केहि पनि छैन। नेपाल पनि अहिले त धेरै विकशित भएको छ तर अष्ट्रेलियामा जस्तो व्यवस्थित भने केहि कुरामा छैन। मलाई अरुले भनेको जस्तो छैन अष्ट्रेलिया, धेरै फरक छ। यहाँ जे परे पनि हामी आफैँ गर्नपर्छ, मेहनत धेरै गर्न पर्छ र साथ सहयोग भन्ने कुरा कसैको पाइदैन।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई सुरुमा गाह्रो नै भएको थियो। यहाँ सहयोग गर्ने मान्छे पनि कोहि थिएन र आफैँले सामाजिक सञ्जालबाट खोजेर निवेदन दिदा पनि कति चोटी अस्विकार गरेको थियो। तर, पछि कफी सपमा काम पाएकी थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिभर हुन, सोचे जस्तो जीवन बनाउन संघर्ष गर्नपर्छ सिकायो। नेपालको परिवेशमा हेर्दा त धेरै राम्रो छ अष्ट्रेलियन सरकारले अष्ट्रेलिया व्यवस्थित तरिकाले चलाईरहेको छ। यहाँको पढाई अनि सरकारले दिने सुविधा सबै राम्रो छ। राम्रो भन्नलाई केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
सबै सहयोगी हुन्छ यहाँ नयाँ आउने विद्यार्थीलाई पनि धेरै सहयोग गर्नुहुन्छ। सुझावको केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
मलाई मेरो परिवारको सम्झना विशेषगरि बिरामी हुँदा, कामबाट रूममा फर्किदा र खाना बनाउदा खादा धेरै कुरामा आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
राम्रो संग बुझेर आउनु, अष्ट्रेलिया नेपालमा बसेर सोचेको जस्तो सहज छैन। यहाँ धेरै संघर्ष गर्नपर्छ नेपालमा जस्तो सहयोग गर्ने अरुले गरेर आफुलाई पनि पुग्ने भन्ने हुँदैन। आफैँमा निर्भर हुनुपर्छ, अष्ट्रेलियामा काम गर्दै पढ्न पर्छ निम्न स्तरकोलाई पढाई मात्र अगाडी लैजान सम्भव हुँदैन त्यसैले। आफ्नो छोरा छोरीको भविष्यको कुरा छ त्यसैले अभिभावकले पनि राम्रो संग बुझेर पठाउनुपर्छ। हरेक कुरामा साथ र सपोट गरिदिनुपर्छ भन्न चाहन्छु।