“विदेश घुम्न र नयाँ कुरा सिक्न जाने हो, उतै सेटल हुन होइन”

0
128

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चितवन, पर्सा घर हुनुभएको दिपेश श्रेष्ठसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बुहारीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
धेरै खुसी लाग्यो। यति टाढाबाट पनि यसरी उपहार आउँदा त अर्कै खुसीको महसुस हुँदो रहेछ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएको १० वर्ष भईन्।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको ब्रिज्वेनमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो करियरलाई अझ उज्ज्वल बनाउने तरिकाले गएकी छिन् अनि हामीलाई खुसी नलाग्ने भन्ने त हुँदै हुँदैन नि।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा मात्रै होइन आफ्ना मान्छेहरुको सम्झना सधैँ आउने गर्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उनि त अब छिटै नेपाल नै फर्कने कोसिसमा छिन्, त्यसैले मलाई नि नेपाल नै राम्रो लाग्छ। आफ्नो नेपालको प्राकृतिक वातावरणहरुसंग नै रमाएर आफ्नो जिन्दगी बिताउन ठिक होला जस्तो लाग्छ मलाई। आफ्नै देशमा गर्नुपर्छ जति दु:ख गर्ने भएपनि। अरुको देशमा त आफुले पसिना बगाउदा सम्म खान पाइन्छ नत्र भए त्यहाँ आफ्नो भनेर सहयोग गर्ने कोहि हुँदैन।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
मलाई त विदेश मनै पर्दैन, त्यसैले गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलिया आफैँमा विकशित देश हो, त्यसैले त्यहाँको नराम्रो भन्ने केहि छैन सबै राम्रो नै लाग्छ मलाई।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यसरी अरुको देशमा गएर सेटल हुनु नराम्रो हो। तरपनि नेपाली जनतालाई गरि खाने बाटो नभएको हुँदा विदेश नै जानुपर्ने बाध्यता भएको छ। नत्र भए विदेश जाने रहर त कसलाई पो हुन्छ र ! विदेश त घुम्नको लागि मात्र जाँदा ठिक हुन्छ जस्तो लाग्छ मलाई। नेपालमा टन्न पैसा कमाउने र केहि समयको लागि नयाँ विचारको साथै नयाँ कुरा सिक्न जाने गर्नु पर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो स्वास्थ्यको ख्याल राख्नु र राम्रोसंग बस्नु।