“नेपालीहरु रहरले भन्दा पनि रोजगारीको अभाव वा परिस्थितिले गर्दा विदेशिनु बाध्य”

0
107

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले नवलपुर,अरुणखोला घर हुनुभएकी रजनी श्रेष्ठसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो भाइले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई भन्दा पनि आज ममीको जन्मदिनको अवसर परेर ममीलाई उपहार स्वरुप पठाइदिएको थियो, त्यसैले धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको ६/७ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
हाल उ अष्ट्रेलियाको डार्विनमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
करियर निर्माण गर्नको लागि घरपरिवार छोडेर गएको छ, त्यसकरण उ त्यो ठाउँमा पुगेर प्रगति गरिरहेको देख्दा धेरै खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो भाइबहिनीको सम्झना सधैँ आउने गर्छ, चाहे त्यो चाडपर्व होस् या अरु दिन। विशेष गरि चाहिँ चाडपर्वमा धेरै मिस हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त नेपाल नै फर्किएको राम्रो लाग्छ। केहि समयसम्म उतै बसेर आफ्नो करियर निर्माण गर्ने अनि पछि चाहिँ नेपाल नै फर्किनु पर्छ जस्तो मलाई लाग्छ। घरमा पनि ममीबाबा मात्रै हुनुहुन्छ, त्यसैले उहाँहरुलाई एक्लै छाड्नु भन्दा नेपाल नै आएर बुढेसकालको साहारा बनेको धेरै राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अरु देश भने गएको छु तर अष्ट्रेलिया अहिलेसम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको घुम्ने ठाउँहरु र त्यहाँको स्वच्छ वातावरणहरु राम्रो लाग्छ। त्यहाँको नराम्रो मलाई केहि लाग्दैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई हालको अवस्था हेर्दा त सेटल हुनुमा पनि राम्रै लाग्छ। कोहि पनि मानिसहरु चाहे त्यो नेपाली होस् या अन्य आफ्नो देशमा रोजगारीको अभाव वा परिस्थितिले त विदेशिनु पर्ने हो नत्र भए कसलाई पो रहर हुन्छ र आफ्नो परिवार छोडेर अरुको देशमा गुलाम बन्न जानलाई। जो कोहि पनि विदेशमा सेटल हुने रहरले होइन कि बाध्यताले हो जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
धन्यवाद !