“विदेशमा सेटल हुँदा गलत नजरले नहेर्नु, मेहनत नगरी कहिँ पनि केहि पाइदैन”

0
111

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले गोर्खा घर हुनुभएको अजय पोख्रेलसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो दिदीले पठाईदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यस्तो अचानक उपहार पाउँदा मलाई त एकदमै रमाइलो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको पर्थमा बस्नु हुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
मलाई त उहाँ अष्ट्रेलिया जानुभएकोमा धेरै राम्रो लाग्छ। मलाई पनि बाहिरको देश मन पर्ने भएकोले होला दिदी त्यो ठाउँमा हुँदा खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो दिदीको सम्झना त हरपल नै आउँछ। अझ धेरै चाडपर्वहरु र कुनै पारिवारिक कार्यक्रमहरुमा धेरै मिस हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई उतै सेटल भएको राम्रो लाग्छ। अब पनि त्यो ठाउँमा पुगेर फेरी नेपाल नै फर्किनु भनेको ‘जानी जानी आफै खाल्टोमा हाम फाल्नु हो’ जस्तै लाग्छ। नेपाल आएर केहि काम छैन, त्यसकारण यहाँ आएर करियर बिगार्न भन्दा त उतै सेटल भएको राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको नियमकानुन र सुविधाहरु प्रशस्त मात्रा छ, त्यो चाहिँ राम्रो लाग्छ। त्यहाँको नराम्रो मलाई केहि लाग्दैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया पढ्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु बिदेशमा गएर सेटल हुने त बेठिक हो तर जानुपर्ने बाध्यता भएको हुँदा ठिकै लाग्छ। अष्ट्रेलिया जस्तो देशमा सेटल हुन सक्नु पनि एउटा क्षमता हो जस्तो लाग्छ। मेहनत नगरी कहिँ पनि केहि पाइदैन, त्यसकारण आफ्नो भविष्यको लागि अन्य देशमा सेटल हुँदा त्यसलाई हामीले गलत नजरले हेर्नु हुँदैन जस्तो मलाई लाग्छ। समय अनुसार चल्दै जाँदा जुनसुकै देशमा भएपनि उतै भविष्य सेट गर्न खोज्नु राम्रै मान्नुपर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
मिठो सम्झना।