अष्ट्रेलियाको सिमाना खुलेसंगै नयाँ विद्यार्थीका लागि निशुल्क एयरपोर्ट पिकअप सेवा सुरु

0
103

ब्रिजवेन। अष्ट्रेलिया राज्यले विद्यार्थीका लागि निशुल्क एयरपोर्ट पिकअप सेवा सुरु गरेको छ। अष्ट्रेलियाको सिमाना खुले संगै गैरआवासिय नेपाली संघले नयाँ आएका विद्यार्थीका लागि यस्तो सेवा संचालनमा ल्याएको हो।

नयाँ आउनेहरुलाई विमानस्थलबाट कसरी ट्याक्सी लिने, सार्वजनिक यातायात कसरी चढ्ने तथा राइड सेयर बुक गर्न पनि समस्या भएको हुँदा एनआरएनएले यो सेवा संचालन गरेको हो। तास्मानियाबाट सुरु भएको यो सेवा अहिले डार्बिन र पर्थमा समेत सुरु भइसकेको छ। यसअघि स्थानिय केही युवाहरुले सिड्नी, मेलवर्न र ब्रिजवेन जस्ता शहरमा यस्तो सेवा दिएपनि यसपाली भने एनआरएनए राज्य समितिले सुरु गरेको हो। यदि आफ्नो आफन्त, साथीभाई र विमानस्थलमा लिन आउने कोही छैन भने विद्यार्थीले तोकिएको नम्बरमा फोन गरेर सेवा बुक गर्न सक्दछन्। जसका लागि तपाई जुन राज्यमा आउने हो, त्यहाँको एनआरएनएको राज्य समितिको आधिकारिक फेसबुक पेजमा गएर नम्बर र विवरण लिन सक्नुहुन्छ।

डार्बिन आउनु केही दिन अगाडी सम्पर्क गरेर समय बुक गर्न पनि सुचना जारी गरिएको छ। नर्दन टेरिटोरीको डार्बिनका लागि चार जना र पर्थमा एयरपोर्ट पिकअपका लागि सात जना स्वयमसेवी खटिन थालेका छन्। नयाँ विद्यार्थीलाई अलपत्र हुन नदिन यस्तो सेवा सुरु गरेको एनआरएनए डब्लुएका संयोजक दिपक बस्नेतले जानकारी दिनुभयो। केही दिन अघि आफै दुइ जना विद्यार्थीलाई पिकअप गर्न गएको अनुभव साट्दै बस्नेतले यस्तो सेवाले विद्यार्थी र एनआरएनएबिच सुमधुर सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो।