“अष्ट्रेलिया गएर आफ्नो करियर निर्माण हुन्छ भने नेपाल नै किन फर्किनु पर्यो र !”

0
374

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ घर हुनुभएकी सुनिता श्रेष्ठसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो साथीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
साथीलाई सम्झिएर पठाईदिदा खुसी नलाग्ने भन्ने हुँदै हुँदैन। मलाई त समयसमयमा यस्तो उपहार आइरहन्छ, त्यसैले धेरै खुसी लाग्छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको ७ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको मेलवर्नमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो करियर निर्माण गर्न गएको हुँदा मलाई त धेरै राम्रो लाग्छ। आफ्नो जीवनलाई कसरी निर्माण गर्ने भन्ने बाटोतिर लागिसकेको छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
साथीभाईको सम्झना चाडपर्वमा मात्रै होइन सधै आउँछ। तर अझ विशेष गरि चाडपर्वहरुमा रमाइलो गर्दै हिडेको चाहिँ धेरै मिस हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त विदेश नै मन पर्ने भएर होला उतै सेटल भएको राम्रो लाग्छ। भविष्यलाई उज्ज्वल बनाउनको लागि भएपनि अष्ट्रेलिया जस्तो देशमा गएर बस्नुपर्छ। नयाँ ठाउँ नयाँ परिवेशले सुनौलो जिन्दगी बनाउनमा धेरै मद्दत गर्दछ। त्यसकारण सकेसम्म अलिक विकशित देशमा गएर आफ्नो परिवारलाई सेट गर्नुपर्छ जस्तो मलाई लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अहिले सम्म गएको छैन, त्यसैले त्यहाँको राम्रो नराम्रो खासै थाहा छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया पढ्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आफु कता सेटल हुने भन्ने कुरा त आ- आफ्नो इच्छा हो। अष्ट्रेलिया गईसकेपछी नेपाल नै आउनुपर्छ चाहिँ म भन्दिन। अष्ट्रेलिया गएर आफ्नो करियर निर्माण हुन्छ भने नेपाल नै किन फर्किनु पर्यो र ! नेपालमा क्षमता अनुसारको काम पनि पाउदैन र सरकारले काम गरेअनुसारको तलब पनि त दिदैन। त्यसकरण आफ्नो करियर संगसंगै परिवारको करियर बनाउन त उतै सेटल भएको राम्रो हुन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो स्वास्थ्यको ख्याल राख्नु।