प्राध्यापक सरोज ‘ए हो सोल्टिनी’ बाट मोडलिङमा

0
374

काठमाडौँ

कोहलपुर मोडेल कलेजका प्राध्यापक सरोज बाबु पंगेनीको पहिलो म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा आएको छ। ‘ए हो सोल्टिनी’ बोलको गीतमा पंगेनी स्वयम् आफैले अभिनय गरेका छन्।

बलु तामाङको स्वर र शब्द अनि सुनिल सागरको सङ्गीत रहेको ‘सोल्टिनी’ मा सरोज पंगेनी र पवित्रा सुनारको अभिनय रहेको छ। एस.के मिडिया अफिसीयल मार्फत बजारमा ल्याईएको यस गीतलाई छायांकन र निर्देशन कुन्दन चन्दले गरेका हुन्। इश्वोर रिजालको सम्पादन रहेको सो गीतको एरेन्ज सुनिल सागरले गरेका छन्। त्यस्तै गीतको छायांकन कोहलपुरको रमणीय स्थानहरुमा गरिएको हो।