“श्रीलंका होस् या अन्य देश पछि आफुलाई नै राम्रो होस् भन्ने हेतुले जाने त हो”

0
397

श्रीलंकाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ। श्रीलंकाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ? श्रीलंकामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले झापा घर हुनुभएको अजय कार्कीसंग कुराकानी गरेका छौं

श्रीलंकाबाट कसले उपहार पठाइदिनुभएको हो ?
श्रीलंकाबाट मेरो एच.आर म्यानेजरले पठाईदिनुभएको हो।

यसरी श्रीलंकाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
एउटा अफिसको स्टाफलाई सम्झेर पठाईदिनुभएको छ, त्यसैले पनि मलाई धेरै खुसी लाग्यो।

उहाँ श्रीलंका जानुभएको कति भयो ?
उहाँ त त्यहीको निवासी हुनहुन्छ।

उहाँ श्रीलंकाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ श्रीलंकाको जाफनामा बस्नुहुन्छ।

उहाँ श्रीलंका गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उहाँ त्यहिको निवासी भइसक्नु भयो,त्यसकारण हामीलाई नराम्रो लाग्ने भन्ने हुँदैन। मलाई त उहाँ श्रीलंका जानुभएको धेरै राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
अफिसको स्टाफ हो तैपनि आफन्तीहरु सम्झना त आइहाल्छ। एउटै अफिसमा काम गर्ने हो, ठाउँ फरक होला तर याद त आउने गर्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
एक त उहाँको अफिस पनि त्यहि छ र त्यहाँको नै निवासी पर्नुभयो, त्यसैले फर्किनु भन्दा त उतै बसेको राम्रो हुन्छ। अहिले सम्म उता नै रहेर पनि राम्रो गरिराख्नु भएको छ, त्यसकारण मलाई चाहिँ अझै प्रगति गरी आफु उतै सेटल भएको राम्रो हुन्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै श्रीलंका जानुभएको छ ?
म गएको छु।

श्रीलंकाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
त्यहाँको राम्रो चाहिँ मलाई वातावरण लाग्यो। नराम्रो त खासै केहि देखिन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान,श्रीलंका जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई चाहिँ नेपालीहरु विदेश गइ सेटल हुनुमा ठिकै लाग्छ। किनकी त्यसैबिना काममा मानिसहरु विदेश जाने पनि होइन। पछि आफुलाई नै राम्रो होस् भन्ने हेतुले जाने हो। यसरी अरुको देशमा गइसकेपछि आफुलाई उतै सेटल गर्दैमा उसले नराम्रो गरेको हामीले भन्नै मिल्दैन। उसले आफ्नो भविष्य सम्झिएर र आफ्नो देशको अवस्थामा मध्येनजर गर्दै आफुलाई उतैको निवासी बनाउने निर्णय गरेका हुन्छन्, त्यसकारण मलाई पनि श्रीलंका होस् या अरु कुनै देश गईसकेर फर्किनु राम्रो जस्तो लाग्दैन।

श्रीलंकामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
मलाई सम्झिएर उपहार पठाईदिनु भएकोमा धेरै धेरै धन्यवाद !