
अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले चितवन,टाँडी घर हुनुभएको दिपेन्द्र शर्मासंग कुराकानी गरेका छौं
अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो भाइले पठाइदिएको हो।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यति टाढा भएर पनि घरपरिवारलाई उपहार पठाउँदा त धेरै खुसी लाग्यो।
उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको ६ वर्ष भयो।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको मेलवर्नमा बस्छ।
उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो मान्छे अष्ट्रेलिया जस्तो देशमा हुँदा खुसी नलाग्ने भन्ने त हुँदै हुँदैन। यस्तो विकशित देशमा आफ्नी नगएपनि आफन्ती हुँदा गर्व लाग्दो रहेछ।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
संगै नहुँदा त धेरै सम्झना आउँछ। संगै भएको भए कति रमाइलो गरिन्थ्यो भन्ने हुन्छ।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
अहिले त त्यहाँको सरकारको नै जागिर खाएको छ, त्यसैले आउनु भन्दा बरु उतै राम्रोसंग काम गर्दै सेटल हुँदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ। घरपरिवारलाई पनि सम्झिदै आफ्नो करियर निर्माण गर्न उतै बसेको राम्रो हुन्छ।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।
अष्ट्रेलियाको के कुरा राम्रो नराम्रो र लाग्यो ?
अष्ट्रेलिया गएको त छैन तैपनि मलाई सबै राम्रो लाग्छ।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यो सेटल हुने काम त सकेसम्म नेपालीले नगरेको राम्रो हुन्छ जस्तो मलाई लाग्छ। केहि समयको लागि जाने हो अष्ट्रेलिया जस्तो देशमा त सेटल हुन भनेर त विल्कुलै होइन। नेपालमा भनेको जस्तो पढाई छैन भनेर सबै नेपालीहरु अरुको देशमा जान लाग्यो भने झन पछाडी परिन्छ, त्यसैले सकेसम्म आफ्नै देशको माया गर्नुपर्छ।
अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
जहाँ रहेपनि आफ्नो देश नेपाल र नेपालीहरुलाई नबिर्सनु भन्न चाहान्छु।