“आफ्नो देश विकासको कमिको कारण विदेशमा सेटल हुनु भनेको स्वार्थीपन हो”

0
254

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बनस्थली घर हुनुभएको विजय थापासंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो भाइले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार पाउँदा त जो कोहि पनि खुसी हुने गर्दछ। मलाई त झन धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएकी ४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अहिले अष्ट्रेलियाको क्यानबेरामा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो करियरको लागि गएको हुँदा राम्रो लाग्छ। टाढा भएर भेट हुन गाह्रो हो तरपनि आजभोली इन्टरनेटको जमाना छ, त्यसैले कुरा भईहाल्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्व जस्तोमा सम्झना नआउने त कुरै हुन्न। आफ्नो परिवार सबै संगै बसेर चाडपर्वमा रमाइलो गर्न मन कसलाई हुन्न र हुन त।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उमेर रहुन्जेलसम्म उतै कमाउने अनि पछि बुढेसकाल लागेपछि चाहिँ नेपाल नै फर्किएको राम्रो हुन्छ। अष्ट्रेलियामा समयमै कमाउने र केहि नयाँ कुराहरु सिक्ने गर्नुपर्छ, यसो गर्दा पछि आफु नेपाल आएपनि जीवनज्ञापन गर्न सजिलो हुन्छ। बाध्यता बस विदेशमा जान परेपनि आफ्नो मातृभूमिलाई चटक्कै बिर्सिएर बस्नु चाहिँ भएन।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको पढाई, घुम्ने ठाउँहरु र समुन्द्रहरु राम्रो लाग्छ। मलाई नराम्रो केहि लाग्दैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मेरो विचारमा यी देशहरुमा सेटल हुनु भनेको स्वार्थीपन हो जस्तो लाग्छ। आफ्नो देश विकासको स्थिति अरुको तुलनामा केहि हदसम्म कम होला तर आफ्नो जन्मभूमिलाई नै बिर्सिएर बस्नु मुर्खता हो जस्तो लाग्छ। उमेर हुन्जेलसम्म त रमाइलो गर्ला तर पछि बुढेसकालको साहारामा आफ्नो मान्छेको नै जरुरी पर्दछ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल राख्नु।