विदेशी विधार्थीलाई आकर्षित गर्न अष्ट्रेलियालको भिसा शुल्क फिर्ता दिने निर्णय

0
568

ब्रिजवेन। अष्ट्रेलिया राज्यले विद्यार्थीको भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ। अष्ट्रेलिया प्रवेश गर्ने विद्यार्थी भिषावहाकहरुले जनवरी १९ देखि मार्च १९ सम्म यो सुविधा पाउने भएका छन्।

अष्ट्रेलियन सरकारले भिसाबाहक विद्यार्थीहरुमा यो सुविधा निश्चित समयको लागि मात्र उपलब्ध गराएको छ। साथै उक्त समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउनेछन। विद्यार्थी भिषाको सबक्लासहरु ५००, ५६०, ५७०, ५७१, ५७२, ५७३, ५७४ र ५७५ वहाकले भिषा शुल्क फिर्ता पाउने भएका हुन्।

कसरी फिर्ता लिने शुल्क ?

१४२४ नम्बरको फारम भरेर मात्र भिसा शुल्क फिर्ता लिन सकिन्छ। जसका लागि सबैभन्दा पहिले गृह मन्त्रालयको यो लिंकमा जानुहोस् । उक्त्त शुल्क फिर्ता लिनको लागि वेवसाइटमा रहेको फारम डाउनलोड गरेर भरेपछि दुइ तरिकाले आवेदन प्रकृया अगाडी बढाउन सकिन्छ। भिसा शुल्क इमि अकाउन्टमा तिरेकाहरुको हकमा त्यसमा लगइन गरेर म्यानेज पेमेन्टमा जानुपर्छ। त्यसपछि क्रेडिटमा गएर रिक्वेष्ट रिफण्ड थिच्नुपर्छ। यसरी रिक्वेष्ट गरिसकेपछि अनिवार्य रुपमा १४२४ फर्म भर्नुपर्छ। साथै इमि अकाउण्टबाट पैसा तिरेको होइन भने चाहि १४२४ नम्बरको फारम भरे पुग्छ। आफुले भरेको फर्मलाई आफ्नो नजिकै रहेको गृहमन्त्रालयको कार्यलयमा पोष्ट गर्नुपर्छ। यसरी कार्यालयमा बुझाईसकेपछि आफ्नो तोकिएको रकम केहि दिन भित्रमा प्राप्त हुन्छ। पोष्ट गर्ने कार्यलयहरुको विवरण यहाँ छ ।