“अरुको देशमा गएर मेहनत गरि कमाएको फल चाहिँ आफ्नै देशमा भित्र्याएको राम्रो”

0
94

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले दमक घर हुनुभएकी पुजा न्यौपानेसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो साथीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
अचानक यसरी उपहार पाउँदा त धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
ऊ गएको ४/५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको न्यु साउथ वेल्समा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भविष्य निर्माण गर्न गएको हुँदा मलाई ठिकै लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा मात्रै होइन, आफ्ना साथीहरुको याद त हरेक पल नै आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
अब त्यो त मैले भनेर हुँदैन, त्यसैले आफुलाई जता बस्दा राम्रो हुन्छ त्यतै सेटल भएको राम्रो हुन्छ। नेपालमा आएर रोजगारीको कुनै पनि क्षेत्रहरु नै छैन। यहि कारणले त सम्पूर्ण नेपाली जनताहरु बाहिरिनु परेको छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको घुम्ने ठाउँहरु राम्रो लाग्छ। त्यहाँको नराम्रो मलाई केहि लाग्दैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई यी देशहरुमा गएपनि आफ्नो पढाई पुरा गरेपछि नेपाल नै फर्किनु भन्न चाहान्छु। अरुको देशमा गएर मेहनत गरि पैसा कमाएको छ तैपनि त्यो पैसालाई अरुकै देशमा लगानी गर्न हुँदैन जस्तो मलाई लाग्छ, त्यसकारण आफ्नो मेहनतको फल चाहिँ आफ्नै देशमा भित्र्याउनु पर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल राख्नु।