“देश विकास गर्ने युवाहरु नै बाहिरी दुनियामा रमाउदा पछि पर्ने त हो : नेपाल”

0
358

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चितवन, रत्ननगर घर हुनुभएकी दुर्गा चौधरीसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बहिनीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
हाम्रो लागि सरप्राइज उपहार थियो, त्यसैले धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएको ६ वर्ष भईन्।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनि अष्ट्रेलियाको तस्मनियामा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो मान्छे अष्ट्रेलिया जस्तो देशमा पुग्नु नै ठुलो कुरा हो जस्तो लाग्छ,त्यसकारण मलाई धेरै राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो बहिनि चाडपर्वहरुमा नहुँदा त धेरै मिस हुन्छ। तैपनि आफ्नो भविष्यको लागि गएको हुँदा पनि खासै नरमाइलो चाहिँ लाग्दैन।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो करियरको कुरा हो त्यसैले मलाई त उता नै सेटल भएको राम्रो लाग्छ। उमेर हुन्जेलसम्म उतै बसेर पछि नेपाल आएर पनि केहि होला जस्तो लाग्दैन। मलाई त सबै कुराको मध्येनजर गरेर हेर्दा अलिक विकशित देशमा नै बसेको धेरै राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई त अष्ट्रेलिया आफैँमा विकशित भएको हुँदा सबै राम्रो लाग्छ। त्यहाँको नराम्रो मलाई केहि लाग्दैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यसरी अन्य देशमा गएर सेटल हुनु भनेको आफ्नो देशको लागि नराम्रो पक्ष हो जस्तो लाग्छ। जब देश विकासमा अगाडी बढाउने मान्छेहरु नै बाहिरी दुनियामा रमाउन थालेपछि आफ्नो देशको हालत आखिर के होला। त्यसैले मैले त जतिसक्छ आफ्नै देशमा कमाउ अनि आफ्नै देशमा रमाउ भन्न चाहान्छु।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो स्वास्थ्यको ख्याल राख्नु र काम राम्रोसंग गर्नु।