“अष्ट्रेलिया होस् या अन्य देशमा आफ्नो भविष्य निर्माणको साथै सेटल हुन सक्नु धेरै ठुलो कुरा हो”

0
91

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले टोखा घर हुनुभएको सुबिन्द्र श्रेष्ठसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो भाइले पठाईदिएको हो ।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार पाउँदा मलाई त धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
भाई गएको ४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
हाल साउथ अष्ट्रेलियामा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
मलाई खुसी नै लाग्छ। भाइले उता कमाउने अनि मैले यता घर चलाउने गरेको छु।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो भाइबहिनिको सम्झना त धेरै आउँछ, चाहे चाडपर्व होस् या नहोस।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
अहिलेको नेपालको अवस्था हेरेर अनि उनीहरुको भविष्य हेर्दा त उतै सेटल भएको राम्रो हुन्छ। तर मलाई चाहिँ आफ्नो उद्देश्य के हो त्यो पुरा गरेपछि नेपाल नै फर्किएको राम्रो हो जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको नीतिनियमदेखि लिएर सबै कुरा राम्रो लाग्छ। त्यहाँको नराम्रो मलाई केहि लाग्दैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया काम गर्न जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यस्तो विकशित देशमा गएर सेटल हुनु भनेको त राम्रो कुरा हो जस्तो लाग्छ। हाम्रो लागि पनि राम्रो कुरा हो साथै उनीहरुको भविष्य पनि धेरै राम्रो हुने गर्छ। अष्ट्रेलिया जस्ता देशमा पढाईको साथै कमाइ पनि राम्रो हुने गर्छ। त्यसैले मेरो लागि त यस्ता देशमा सेटल हुनु र त्यो देशमा गएर आफ्नो भविष्य निर्माण गर्न सक्नु भनेको धेरै ठुलो कुरा हो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
स्वस्थ रहनु, खुसी रहनु।