राफेल नाडालले जिते अष्ट्रेलियन ओपन टेनिसकाे उपाधि

0
291

अष्ट्रेलिया। अष्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जितेका छन्। मेलवर्नमा आइतबार सम्पन्न भएको फाइनल खेलमा नाडालले रसियन खेलाडी ड्यानियल मेड्भेडेभलाई ३-२ सेटले पराजित गर्दै आफ्नो जित हात पारेका हुन्।

हिजो भएको निकै रोमाञ्चक खेलमा पाँचौँ वरीयताका नाडालले दोस्रो वरीयताका मेड्भेडेभलाइ २–६, ६–७ (५–७), ६–४, ६–४, ७–५ ले पछि पर्दै अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन्। नाडालले शुरुका दुई सेट लगातार हारे पनि पछिल्ला खेलमा कमब्याक गर्दै उत्कृष्ट पुनरागमन गरेर बाँकी तीन सेट लगातार जितेका थिए। योसँगै ३५ वर्षका स्पेनिस खेलाडी नाडालले कीर्तिमानी २१ औँ ग्रान्डस्लाम पनि जितेका छन् । उनको यो दोस्रो अष्ट्रेलियन ओपन उपाधि हो । त्यसयता चार पटक फाइनलमा पुगेर पनि नाडालले उपाधि जित्न भने सकेका थिएनन् ।

नाडालले स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाका नोभाक जोकोभिचलाई पछि पार्दै कीर्तिमानी २१ औँ ग्रान्डस्लाम जित्न सफल भएका हुन् । यससंगै उनी टेनिसको इतिहासमा अब सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन् । नाडालले नोभाक जाकोभिच र रोजर फेडेररलाई पछि पार्दै यो रेकर्ड बनाएका हुन् । यसरी पुरुष एकलतर्फ उनि सर्वाधिक ग्रान्डस्लाम जित्ने एक्लो खेलाडी पनि बने। यूएस ओपन च्याम्पियन मेड्भेडेभ दाेस्राे उपाधि जित्न चाहन्थे तर त्याे सफल भएन । उनले सुरुवाती खेलमा निकै उत्कृष्ट प्रदर्शन गरे पनि पछिसम्म त्यसलाई निरन्तरता दिन सकेका थिएनन्।