अष्ट्रेलियाको क्यानवेरामा नयाँ वर्ष कप २०२२ सम्पन्न

0
229

अष्ट्रेलिया। अंग्रेज़ी पात्रो अनुसार नयाँ वर्षको अवसर परेर क्यानवेरा नेप्लिज फुटबल क्लबको आयोजनामा हिजो (२९ जनवरी) मात्र नयाँ वर्ष कप सम्पन्न भएको छ। ‘एस एण्ड एस र राइट एण्ड एसोसीयट्स नयाँ वर्ष कप २०२२’ क्यानवेराको एएनयु (ANU) फुटबल मैदानमा भएको थियो।

यस फुटबल प्रतियोगितामा क्यानवेरा नेप्लीज फुटवल क्लब (CNFC) ले एकोस फुटवल क्लव (Achos FC) लाई हराउँदै प्रतियोगितामा जीत हासिल गरेको थियो। विजय हासिल गर्ने क्लवले नगद अष्ट्रेलियन डलर १००० सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता Achos FC ले नगद अष्ट्रेलियन डलर ५०० सहित शिल्ड तथा मेडल प्राप्त गरेको थियो।

कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्व अध्यक्ष आशिष सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम अवधिभर स्वयंसेवक भुमिका क्लवका राम कृष्ण कार्की, सुलभ पोख्रेल, नवीन दाहाल, भविन्द्र तिलिजा लगायतका समुदायका सदस्यहरुले निर्वाह गर्नुभएको थियो। त्यस्तै गरेर मनोज संजेल, विर पोडार, केदार क्षेत्री लगायतका साथीहरुले सहायक रेफ्रीको भुमीका निर्वाह गर्नु भएको थियो ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि अष्ट्रेलिया स्थित नेपाली राजदुताबासबाट निर्मल भट्टराई हुनुहुन्थ्यो भने अध्यक्षता आयोजक क्लब क्यानवेरा नेप्लीज फुटवल क्लब (CNFC) का अध्यक्ष सुरज पौडेलले गर्नुभएको थियो। साथै कार्यक्रमको अन्य व्यवस्थापनको भूमिका क्लबका सचिव प्रधुम्न दाहालले गर्नुभ‌एको थियो।