“अष्ट्रेलिया होस् या अन्य देशमा नयाँ कुरा सिक्नको लागि जाने हो सेटल हुन होइन”

0
103

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, कगेश्वोरी घर हुनुभएकी ज्योति थापासंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बहिनीले पठाईदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरि उपहार पठाउदा एकदमै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
बहिनि अष्ट्रेलिया गएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनि अष्ट्रेलियाको एडिलेडमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनि जुन उद्देश्यले गएकी छिन् त्यो पुरा गरिरहेको छ, त्यसकारण मलाई त एकदमै गर्वको महसुस हुन्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
अरु समयमा त खसी उनलाई पनि फुर्सद हुँदैन, त्यहि चाडपर्वहरुमा चाहिँ धेरै मिस हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
हामीलाई त सधै परिवारसंगै बसेको राम्रो लाग्छ। यसो भनेर पनि त भएन, अब उसको विचार के छ। उसलाई जता सेटल हुन् मन लाग्छ, त्यतै भएको राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलिया म अहिलेसम्म त गएको छैन, त्यसैले बाहिरी रुपमा देखेको र सुनेको भरमा त्यहाँको वातावरणहरु राम्रो लाग्छ। साथै कामको अवसरहरु पनि धेरै मात्रमा पाइने त्यो कुरा पनि राम्रो लाग्छ। त्यहाँको नराम्रो मलाई केहि लाग्दैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई अरुको देशमा गएर सेटल भएको देख्दा धेरै दु:ख लाग्छ। केहि कुरा सिक्नको लागी भएपनि बाहिरी देशमा जान त जानु पर्छ। अझ नेपालमा त आफ्नो क्षमता अनुसारको केहि अवसरहरु नहुँदा बाध्यता भएर पनि जानुपर्ने हुन्छ। तर यस्तो देशमा गएर केहि कुराहरु सिकेर नेपालमा आएर त्यसमै केहि विकशित गर्दा धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ। साथै नेपालले पनि सुनौलो रुप लिन्थ्यो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
नेपाली दाजुभाइ, दिदीबहिनी जो जहाँ हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।