अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ घर हुनुभएकी सामना श्रेष्ठसंग कुराकानी गरेका छौं
अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो दिदीले पठाईदिनुभएको हो।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार पाउँदा त अवश्य खुसी लागिहाल्छ।
उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
दिदी अष्ट्रेलिया जानुभएको ३/४ वर्ष भयो।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको सिड्नीमा बस्नुहुन्छ।
उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भविष्य निर्माण गर्न जानुभएको छ, अनि उहाँको पढाईको साथसाथै काम पनि राम्रो भइरहेको छ, त्यसैले धेरै खुसी लाग्छ।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो दिदीको सम्झना हरेक दिन नै आउने गर्छ। अझै धेरै याद, सम्झना त यस्तै चाडपर्वहरुमा, बिहेहरुमा चाहिँ धेरै मिस हुने गर्छ।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त उतै सेटल भएको राम्रो लाग्छ। एक त त्यो ठाउँमा पुग्ने भन्ने कुरा सानो कुरा होइन, त्यसैकारणले अष्ट्रेलिया जस्ता देशमा पुगिसकेपछि त किन फर्किनु पर्यो र जस्तो लाग्छ। उतै राम्रोसंग पढाई गर्दै आफ्नो भविष्य बनाएको राम्रो हुन्छ।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।
अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई अष्ट्रेलियाको पढाई र घुम्ने ठाउँहरु राम्रो लाग्छ। त्यहाँको नराम्रो मलाई केहि लाग्दैन।
अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया पढ्नको लागि जाने सोचमा छु।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु प्राय: नेपालमा कुनै अवसर नपाएपछि मात्र त यी देशहरुमा जाने गर्ने हो। आ-आफ्नो लक्ष्य पुरा गर्न जाने गर्छन्,त्यसैकारणले गर्दा कुन उद्देश्यले गएको त्यो पुरा गरी उतै आफ्नो भविष्य निर्माण गरेको नै राम्रो हुन्छ। अब नेपाल आएर पनि के गर्ने आखिर केहि त छैन, त्यहि नभएको कारणले आफ्नो परिवारबाट टाढा भएर अर्काको देशमा जानुपरेको छ। त्यसैले राम्रोसंग पढी प्रगति गर्दै उतै बसेको राम्रो हुन्छ।
अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल राख्नु।