होबार्टमा जारी सोसियल फुटवल वोल्ड कपमा आइतबार नेपालले इटाली संग प्रतिस्पर्धा गर्दै

0
242

अष्ट्रेलिया माघ १५

अष्ट्रेलियाको होबार्टमा जारी सोसियल फुटवल वोल्ड कपमा आइतबार नेपालले इटाली संग प्रतिस्पर्धा गर्ने भएको छ । आइतबार अपरान्ह चार बजे ओलीन्डा ग्रोभ १ मा समुह डीबाट नेपाल र इटलीले प्रतिस्पर्धा गर्ने होबार्टबाट मार्फा एफसी बोर्डका सचिब प्रमोद शाहले जानकारी दिनुभयो ।

विभिन्न देशका नागरिकहरुको बसोबास रहेको अष्ट्रेलियामा आपसी सम्बन्ध बिस्तारका लागी समेत खेल महत्बपूर्ण हुन मार्फा एफसी बोर्डका सचिब प्रमोद शाहले बताउनुभयो । होबार्टमा बस्ने विभिन्न समुदायहरुले खेल खेलाउने गरे पनि नेपालले भने पहिलो पटक खेलमा सहभागिता जनाएको छ । मार्फा एफसी क्लबको तर्फबाट नेपालले खेलमा सहभागिता जनाएको हो ।

अष्ट्रेलियामा नेपाली खेलाडीहरुको बिकासका लागी मार्फा एफसी क्लब स्थापना भएको एक बर्ष भएको छ जसको नेतृत्ब रविन पौडेलले गरिरहनुभएको छ ।

नेपाल टिमको प्रतिनीधित्व प्रेम प्रसाद होमागाईको नेतृत्वमा अभिषेक तामाङ (गोलकीपर), हेमन्तराज भरी श्रेष्ठ, पेम्बा शेर्पा, उत्तम सुनार, अजय थापा, सिशान्त गुरुङ (भाईस क्याप्टेन), मन्जील श्रेष्ठ, सुरेश गुरुङ, जितेन्द्र राई, सागर तामाङ, राजीव थापा, अम्रीत डिसी, रवीन चौधरी, ब्रजेश गुरागाई, बिरेन्द्र बहादुर घर्ती (क्याप्टेन), सुरज शर्मा, निरज गुरुङ, सन्दीप तामाङ, शरद चौधरी, अर्बीन स्याङ्बा (गोलकिपर) रहेका छन् । गत १२ जनवरीबाट शुरु भएको सो प्रतियोगीतामा १६ वटा देशले सहभागीता जनाएका छन्। नेपाल सहित कोलम्विया, साइप्रस, चाउना, क्रियसिया,ग्रीस, युनाइटेड अरव, सिरीया, इङ्गल्याण्ड, भारत, अस्ट्रेलिया, सर्विया, भियतनाम, इटली, स्विजरलैण्ड र भुटानको सहभागीता रहेको छ ।

ग्रुप एमा कोलम्विया, साइप्रस, चाउना र क्रियसिया रहेका छन् भने ग्रुप बीमा ग्रीस, युनाइटेड अरव, सिरीया र भारत रहेका छन्। ग्रुप सीमा इङ्गल्याण्ड, अष्ट्रेलिया, सर्विया र भियतनाम रहेका छन्। नेपाल भने इटली, स्विजरलैण्ड र भुटान सहित ग्रुप डीमा रहेको छ। खेल आगामी फेब्रुअरी अन्तीम सम्म सञ्चालन हुनेछ ।

http://www.himalayankangaroo.com