अष्ट्रेलियाको भिक्टोरियामा थप १४ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

0
89

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १४ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ३० हजार ७ सय २६ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा थप २९ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल १ लाख ८३ हजार १ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये १ हजार ५७ जनाको अस्पतालमा उपचार भइरहेको छ।