अष्ट्रेलियामा नेपाली महिला प्रभा पाण्डे पौडेल मृत अवस्थामा भेटिइन्

0
242

अष्ट्रेलिया। बिगत ६ वर्ष देखि अष्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएकी नेपाली चेली प्रभा पौडेल मृत अवस्थामा फेला परेकी छिन्। गएको बिहिबार मृत अवस्थामा फेला परेकी पौडेलको असमाहिक निधनले सबैमा दुखद तुल्याएको छ।

सिड्नीमा एक नेपाली युवती आफ्नै कोठामा मृत भेटिएको एक साता बित्न नपाउदै त्यस्तै प्रकृतिको अर्को घटना घटेको छ । केही दिनअघि २६ वर्षिय नेपाली महिला आफ्नै युनिटमा मृत भेटिएकी थिइन्। यस घटनाको बारेमा प्रहरीको अनुसन्धान जारी छ। गैर आवासिय नेपाली संघ वेष्टर्न अष्ट्रेलियाले सार्वजनिक गरेको सुचना अनुसार जनवरी २० तारिख राति प्रभा पाण्डे पौडेलको दुखद निधन भएको हो । अध्ययन सकेर टिआर भिषामा रहेका प्रभाले हालै मात्रै १९० पिआरका लागि आवेदन समेत दिएकी थिइन्। एनआरएनए वेष्टर्न अष्ट्रेलियाका सचिव प्रमेश केसीका अनुसार प्रभाको दुइ महिना अघि ६ हप्ताको बच्चाको समेत निधन भएको थियो ।

निकै मिलनसार र मेहनती स्वाभावकी प्रभा घटना भएको साझ पनि साथीको घरमा डिनर गरेर फर्किएको केसीले जानकारी दिनुभयो। बच्चाको उपचार खर्च समेत तिर्न नसकेको बेलामा प्रभाको श्रीमानमाथी श्रीमतीको यस्तो घटनाले ठुलो बज्रपात परेको छ। प्रभाको मृत शबलाई नेपाल पठाउने भन्ने बारेमा पारिवारिक रुपमा छलफल भइरहेको छ। शव नेपालमा पठाउनका लागि पनि धेरै खर्च लाग्ने भएको हुँदा प्रभाको श्रीमानलाई कहाँबाट ल्याउने भन्ने चिन्ताले सताएको सचिव केसीले बताउनुभयो । मृतको श्रीमान तथा परिवारलाई यस्तो दुखद घडीमा साथ दिनका लागि एनआरएनए वेष्टर्न अष्ट्रेलियाले समुदायसंग सहयोगका लागि अपिल गरेको छ । यस दुखद घडीमा मृत आत्माको चिर-शान्तिको कामना गर्दै एनआरएनएले बैंक खातामा सहयोग संकलन गरिदिन समेत सबैमा आग्रह गरेको छ ।
साथै आफ्नो स्व-इच्छाले यस कार्यमा आर्थिक सहयोग गरिदिनुहुन हामी अनुरोध पनि गर्दछौं।

• Account Details :
• A/C Name : NRNA-WA
• BSB : 032-006
• A/C NO : 561999

बुटवल स्थाई घर भएकी प्रभा, ६ वर्ष अघि अध्ययनका लागि श्रीमानसंगै अष्ट्रेलिया आएकी थिइन्। लामो समयदेखि उनि आफ्नो श्रीमान नवराज पौडेलको साथमा बस्दै आएकी हुन्। यसैगरी उनि हालसालै आफ्नो अध्धयन पुरा गरी Temporary Graduate Visa (TR) मा रहेको परिवारले जनाएको छ।