“विकशित देशहरुमा गएर ज्ञान हासिल गरी आफ्नो देशमा आएर सदुपयोग गरेको राम्रो”

0
140

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले कोटेश्वोर घर हुनुभएको शंकर प्रसाद पौडेलसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोराले पठाइदिएको हो ।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मेरो लागि सरप्राइज उपहार थियो, त्यसैले मलाई रमाइलो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको ३ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
छोरा अष्ट्रेलियाको सिड्नीमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
अष्ट्रेलिया गएको त ठिकै लाग्छ तर आफ्नो देश छोडेर चाहिँ नजाँदा धेरै राम्रो हुन्छ जस्तो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा त आइहाल्छ। कोरोना भन्दा अगाडी त संगै मनाएको थियो अहिले चाहिँ मनाउन नपाउँदा अलि खल्लो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त नेपाल नै फर्किनु पर्छ जस्तो लाग्छ। नेपालीहरुको बानी के छ भने केहि बेरको लागि विदेशी जाने गर्छन् अनि उतैको वातावरणमा भिजेपछि नेपाल आउन खोज्दैनन्, यो एकदमै गलत कुरा हो जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको मलाई नीतिनियम राम्रो लाग्छ। त्यहाँको नराम्रो केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई यी देशहरुमा गएर सेटल हुने कुरा एकदमै गलत लाग्छ। यस्तो विकशित देशहरुमा गएर नयाँ ज्ञान हासिल गरी आफ्नो देशमा आएर सदुपयोग गर्नुपर्छ। धेरैजसो नेपालीहरु बाध्यताले पलायन हुने गर्दछ तर यसरी गएपछि उतै बस्ने होइन बरु अन्त्यमा आफ्नै देशमा आएर नयाँ नयाँ कुराको थालनी गरी नेपालीहरु पनि अवसर पायो भने हरेक कुरामा सक्षम छ भन्ने वातावरण बनाउनुपर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सबै नेपालिहरुलाई म के भन्न चाहन्छु भने, विदेशी भुमि र नेपाली भुमि एउटै हो यति फरक हो की नेपालीले आफुले हासिल गरेको ज्ञानलाई सदुपयोग गर्न सकिरहेको छैन, त्यसकारण सबैजना आफ्नै देशमा फर्किएर नयाँ प्रविधि प्रयोग गरी देश विकासमा अगाडी बढाउनुहोला।