“अष्ट्रेलियामा करियर बनाइ आफ्नो देश फर्केर परिवारसंगै भएको राम्रो”

0
342

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चारपाने घर हुनुभएकि आशा आचार्यसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई मेरो भाउजुले पठाइदिनु भएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
भाउजुले सम्झेर पठाईदिनु भएको छ, धेरैनै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
५ वर्ष भयो भाउजु अष्ट्रेलिया जानु भएको।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
दुख पनि लाग्छ आफ्नो परिवारको सदस्य साथमा नहुँदा। तर, आफ्नो भविष्यको लागि जानु भएको हो, खुसी पनि लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
सम्झना त आइहाल्छ नि दाइभाउजुको , टाढा हुनुहुन्छ संगै साथमै भए रमाइलो हुन्थ्यो भन्ने त लाग्छ नि।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो करियर बनाएर नेपालमा आफ्नो परिवारसंग फर्केर संगै भएको राम्रो हो। अब नेपालमै गएर केहि गर्छु भन्ने सोच गराएर केहि सिप सिकेर आउँदा अझै राम्रो जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? 
म गएको छैन। जाने सोच पनि छैन अहिले त।

अष्ट्रेलियाको के कुरा राम्रो र के कुरा नराम्रो लाग्यो, तपाईलाई ?
सुरुमा जाने विद्यार्थीहरुको लागि चाहिं गाह्रो हुने रहेछ, रूम रेन्ट तिर्न र काम र पढाईको लागि समय मिलाउन गाह्रो हुने रहिछ। अरु सबै ठिक छ सुने अनुसार भन्नु पर्दा।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आ-आफ्नो सोच हो, नेपालमा कुनै अवसर नमिलेरै त हामी नेपाली अरु देशमा जाने हो। अरुको देशमा गएर आफ्नो करियर बन्छ भने किन नजानु र। जुन देशमा गए पनि आफ्नो नेपाली पन र आफ्नो सस्कृति भुल्न भएन। सकेसम्म त नेपालमै आएर केहि गरेको राम्रो हो भन्ने लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रो संग बस्नु, आफ्नो ख्याल राख्नुभन्न चाहन्छु।