अमेरिकी प्रविधिमा उत्पादित नोभाभ्याक्स खोपलाई अष्ट्रेलियामा लगाउने स्वीकृति प्राप्त

0
189

मेलवर्न। अष्ट्रेलियामा नोभाभ्याक्स खोप लगाउने स्वीकृति प्राप्त भएको छ । लामो समयदेखि प्रयास जारी राखेको यस अमेरिकी प्रविधिमा उत्पादित खोप १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सकिनेछ ।

यसले अन्तर्राष्ट्रिय विद्यार्थी तथा वरपरका अन्य पर्यटकलाई समेत अष्ट्रेलिया आवागमनमा सहज हुने अनुमान गरिएसंगै अष्ट्रेलियन सरकारले सो खोपको मान्यता दिएको हो। दुई डोज खोप लगाउनुपर्ने र एउटा खोपबाट अर्कोको अन्तर तीन साता मात्र हुने बताइएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले फेब्रुअरी २१ तारिखबाट यो उपलब्ध हुने बताएका छन् । हाल अष्ट्रेलियाले ५ करोड १० लाख नोभाभ्याक्स खोप किन्ने सम्झौता गरेको छ । नोभाभ्याक्स नै लगाउने भनेर केही व्यक्तिहरुले प्रतिक्षा गरिरहेका कारण यो खोपले स्वीकृति पाएको हो। यसैकारण अब अष्ट्रेलियाको खोपदर पनि बढ्ने अनुमान गरिएको छ। अष्ट्रेलियालाई सबै खोप नचाहिए पनि केही खोप अनुदानमा मित्रराष्ट्रहरुमा दिने तयारी छ । यससँगै अष्ट्रेलियामा स्वीकृत खोपको संख्या फाईजर, एस्ट्राजिंका,मोडर्ना, जेन्सन, नोभाभ्याक्स गरी पाँच पुगेको छ । यसरी अष्ट्रेलियामा भ्रमण गर्न आउने पर्यटकहरुको लागि पनि खोपको संख्या सोहि रहेको जनाएको छ।

अष्ट्रेलियन टेक्नीकल एड्भाईजरी ग्रुप अन ईम्युनाईजेसन एटीएजीआईले स्वीकृति दिएपछि उक्त खोपलाई अष्ट्रेलियनले भित्र्याउन लागेको हो। यसैगरी आगामी फेब्रुअरी महिनाको अन्त्यबाट यो खोप अष्ट्रेलियाका नागरिकहरुले लगाउन सक्नेछन् ।