अष्ट्रेलियाको भिक्टोरियामा थप ११ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि

0
116

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ११ हजार ६ सय ९५ जना नयाँ संक्रमित थपिएका छन्। सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २१ हजार ६ सय ७५ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा थप १७ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल १ लाख ८६ हजार ७३ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ९ सय ९८ जनाको अस्पतालमा उपचार भइरहेको छ।