

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, कोटेश्वोर घर हुनुभएकी करुणा शाहसँग कुराकानी गरेका छौं
अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोरीले पठाइदिएको हो।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो बाबाममीलाई सम्झेर पठाईदिएकी छिन्, त्यसैले धेरै रमाइलो लाग्यो।
उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएकी ४ वर्ष भईन्।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।
उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनको राम्रो भइरहेको छ, अनि हामीलाई नराम्रो लाग्ने भन्ने कुरा त हुँदैन। अहिलेसम्म ठिकै भइरहेको छ, अब पछि के हुन्छ।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
मेरो दुइ ओटा छोराछोरी हो, त्यहि पनि दुइ ओटै बाहिर छ त्यसकारण सम्झना नआउने त हुँदै हुँदैन। छोराछोरी बिना मलाई त हरेक चाडपर्व खल्लो लाग्छ।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उनीहरुको सोचमा भर पर्ने कुरा हो त्यसैले मैले भनेर हुँदैन। आफुलाई जता बस्दा सहज हुन्छ, उतै बस्दा राम्रो हुन्छ। हामीले कर गरेर आजभोलिका बच्चाहरु मान्ने पनि हुँदैन।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।
अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको राम्रो कुरा आत्मनिभर बनिन्छ। बच्चाहरु हामीदेखि टाढा छ, यहि कुरा लाग्छ मलाई नराम्रो।
अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
अष्ट्रेलिया घुम्नको लागि जाने सोचमा छु।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो देशमा भनेको जस्तो पढाई हुँदैन साथै पढाई अनुसारको काम पनि पाइदैन। अनि मानिसहरुलाई जिविकोपार्जन गर्न पनि गाह्रो हुने गर्छ, यसकारणले गर्दा पनि नेपालीहरु ऋण खोजी बाहिरिनु पर्ने हुन्छ। मलाई त लाग्छ कि यस्ता देशहरुमा सेटल हुनु भनेको आफ्नै देशको कमजोरीले पनि हो जस्तो लाग्छ।
अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
कोरोनाको अवस्था छ, त्यसैले आफ्नो ख्याल राख्नुहोला।