कोभिडको कारण न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डेनको विवाह स्थगित

0
144

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको कोभिडका कारण विवाह स्थगित भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि विवाह स्थगित गरिएको प्रधानमन्त्री आर्डेनले बताउनुभयो।

न्युजिल्यान्ड सरकारले ओमिक्रोन फैलिएपछि विवाह लगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा १०० जना मानिस मात्र भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपर्छ । यसरी आर्डेनले भन्नुभयो ‘कोभिडका कारण मेरो विवाह यसअघि तोकिएको मितिमा नहुने भएको छ।’ उहाँले आफू महामारीबाट प्रभावित न्युजिल्यान्डका अन्य नागरिक जस्तै प्रभावित भएको बताउनु भयो। न्युजिल्यान्डमा धेरै मानिसहरुले कोरोना कै कारण ज्यान गुमाएका छन्, अझै त्यहि घटनालाई दोहोर्याउन नदिनलाई उहाँले आफ्नो विवाह तत्कालका लागि रद्द गर्नुभएको हो। कोरोनाको महामारीले न्युजिल्यान्डमा अहिलेसम्म १५ हजार १०४ जनामा कोभिड देखिएको छ । महामारी सुरु भएपछि अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ। यस्तो खतराजनक अवस्थालाई उहाँले ध्यानमा राख्दै यो निर्णय गर्नुभएको हो।

लामो समयदेखि सम्बन्धमा बसेका आर्डेन र उहाँका पार्टनर क्लार्क गेफोर्डले अहिलेसम्म आफ्नो विवाहको मिति सार्वजनिक गरेका छैनन् । तर केही सातापछि भने विवाह बन्धनमा बाधिने कार्यक्रम रहेको न्युजिल्यान्डका सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् । ४१ वर्षीय आर्डेन र उनका पार्टनर क्लार्कको तर्फबाट एक सन्तान छन् ।