“आफ्नै देशमा आएर मेहनत गर्ने हो भने यहि पनि सुन फलाउन सकिन्छ”

0
88

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले पोखरा घर हुनुभएकी लिला भुर्त्यलसँग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोरीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
हाम्रो लागि उपहार सरप्राइज थियो, त्यसैले धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएकी ४/५ वर्ष भईन्।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनि अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
छोरी त्यो ठाउँमा पुगिसक्यो अनि हामीलाई खुसी नलाग्ने त कुरा नै हुँदैन। त्यसैले उनको प्रगतिमा हामी सबै आभारी छौं।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्ना छोराछोरीको सम्झना त हरेक दिन नै आउँछ तर पनि चाडपर्वमा संगै नहुँदा चाहिँ धेरै खल्लो लाग्दो रहेछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मैले त छोराछोरीलाई पनि राम्रोसंग कमाउने अनि पछि नेपाल नै आउनुपर्छ भनेकी छु। केहि समयको लागि पढ्न र कमाउन गएपनि उतै सेटल भएर बस्न त खासै उपयुक्त लाग्दैन मलाई। सुखदु:ख जे भएपनि आफ्नै नेपालमा गर्नुपर्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अहिलेसम्म अष्ट्रेलिया गएको छैन त्यसकारण त्यहाँको राम्रो नराम्रो भन्ने केहि थाहा छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया घुम्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई त यस्ता देशहरुमा गएर सेटल हुने काम मन पर्दैन। त्यो ठाउँमा गएर पनि मेहनत गर्नै पर्छ, त्यसै पैसा आउदैन। मेहनत गर्ने नै भए किन अरुको देशमा गएर गर्नु पर्यो र बरु आफ्नै देशमा आएर मेहनत गर्ने हो भने यहि पनि सुन फलाउन सकिन्छ। त्यसैले यी देशहरुमा सेटल हुनु भन्दा आफ्नै देशमा आएर परिवारसंगै रमाएको धेरै राम्रो हुन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल राख्नु र नेपाललाई नबिर्सनु।