“अष्ट्रेलिया आएर आफ्नो उद्देश्य पुरा नगरी पैसा कमाउन तिर नलाग्नु”

0
64

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका आस्था बि.के.संगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालमा काठमान्डौ, कोटेश्वर हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म २०१४ मा अष्ट्रेलिया आएको हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
म आउने समयमा भिसा सजिलै दिएको थियो त्यसैले मलाई सजिलै थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मेरो अनुभवमा त युनिभर्सिटी रोज्नु राम्रो, किनभने हामी पढ्ने भनेर अष्ट्रेलिया आउछौ अनि सस्तो कलेज रोज्छौ त्यो राम्रो होइन। युनिभर्सिटीमा पढेपछि राम्रो भनेको जस्तो काम पाउन पनि सकिन्छ, हो सुरुमा गाह्रो हुन्छ तर पछि भविष्य पनि त राम्रो हुन्छ त्यसैले पनि युनिभर्सिटी रोज्नु राम्रो लाग्छ मलाई।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
नेपालमा +२ लेभलको पढाई सकेर आएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
अष्ट्रेलियामा आइ टि पढ्नको लागि आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
मैले अहिले पढाई सकेर काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
पढाईलाई मात्र जोड दिने हो भने त धेरै राम्रो छ, अष्ट्रेलियाको पढाईले करियर बनाउन पनि उतिकै सहज छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई गित सुन्न, नाच्न र साथीहरु संग मिलेर रमाइलो गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
धेरै फरक हुन्छ म अष्ट्रेलिया गएर केहि समयमै धेरै पैसा कमाउछु पढाई भनेको त नेपालको जस्तै हो बन्ने थियो। अष्ट्रेलिया आएपछि थाहा भयो पढाईलाई जोड दिनु पर्ने रहेछ। यहाँ आएको १/२ बर्ष त पैसा धेरै कमाउने बारे नसोचेकै राम्रो रहेछ।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
गाह्रो त हुन्छ नै धेरै जसो विद्यार्थीहरुलाई कहाँ जाने के गर्ने भन्ने बारे थाहा हुँदैन। मलाई सबै कुरा साथीहरुले भनेको आधारमा गर्दा त २/३ महिना काम पाउन गाह्रो भयो।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के छन् ?
अष्ट्रेलियाको नियम धेरै राम्रो छ, सफा छ सुविधा छ। नराम्रो भन्नलाई अरु त त्यस्तो केहि छैन यति हो कि आफ्नो घरपरिवार संग टाढा भएर बस्नु पर्ने भनेको समयमा न त बोलाउन मिल्ने परिवारलाई न त आफु नेपालमै जान मिल्ने।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
धेरै सहयोगी भावनाको हुनुहुन्छ, विभिन्न संघसस्था खोलेर पैसा उठाएर धेरै नेपालीहरुलाई सहयोग गर्नु भएको छ।नेपाली चाडपर्वहरु जो जहाँ हुनुहुन्छ त्यसमै खुसी भएर मनाउनु भएको छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
त्यस्तो केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आउछ, काम बाट रूममा आएर आफै पकाएर खान पर्दा आमाले बनाएर दिएको याद आउछ। प्रत्येक चाडपर्वमा एक्लो महशुस हुन्छ नेपाल जान पनि पाइदैन भन्ने बित्तिकै त्यसैले पनि मैले मेरो परिवारलाई धेरै कुरामा सम्झिन्छु।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
संघर्ष गर्न सिकायो, पैसा चिन्न र आत्मनिर्भर हुन सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
धेरै बुझेर आउनु होला, अष्टेलिया आएर सुरुमा पढ्छु नै भनेर आउनु राम्रो हो। पैसा पनि कमाउछु अनि पढाईलाई पनि निरन्तरता दिन्छु भन्ने तिर लग्नु भयो भने पढाई राम्रो हुन सक्दैन त्यसैले आस धेरै नराख्नु तर सपना ठुलै पुरा गर्ने गरि आउनु भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
पहिलो कुरा त म अभिभावकलाई के भन्न चाहन्छु भने आफ्नो छोरा छोरीहरुलाई अरुको देखेर नपठाउनु। सबै उनीहरुको हातमा नछोड्नु केहि कुरा हजुरहरुले बुझेर पठाउदा राम्रो हुन्छ। पढाई सम्बन्धि राम्रो बुझेर पठाउनुहोला भन्न चाहन्छु।